हिमालयन बैंकको नाफामा सुधार

विदुर खबर २०७८ साउन २९ गते ७:१७

नुवाकोट । साढे ६५ करोड रुपैयाँको सेयर बिक्री गरेर हिमालयन बैंकले नाफा बढाएको छ।

Advertisement

शुक्रबार गत आर्थिक बर्षको बित्तीय विवरण सार्वजनिक गर्दै हिमालयन बैंकले नाफा १५.८९ प्रतिशतले बढाएको जनाएको छ।बैंकको ब्यापार बढेपनि खुद ब्याज आम्दानीमा उल्लेख्य गिरावट आएको छ। बिस्तार भएको ऋणमा अतिरिक्त प्रोभिजनिङ गर्नु परेको छ भने कोभिडका कारण केही ऋण समस्यामा पनि परेका छन्। यही कारण बैंकको खुद ब्याज आमदानी २१.४३ प्रतिशतले घटेको छ।

बैंकका अनुसार, गत असार मसान्तमा खुद ब्याज आम्दानी ४ अर्ब ८२ करोडबाट ३ अर्ब ७८ करोडमा झरेको छ। ऋण भने २३.८८ प्रतिशतले बढेर एक खर्ब २६ अर्ब नाघेको छ। बैंकले निक्षेप साढे १२ प्रतिशतले बढाएर एक खर्ब ४१ अर्ब पुर्याएको छ।

Advertisement

राष्ट्र बैंकले असल ऋणमै प्रोभिजनिङ १ प्रतिशतबाट १.३ प्रतिशत पुर्याइदिएको छ। कोभिड प्रभावित ऋणको प्रोभिजनिङ पनि १ प्रतिशतबाट ५ प्रतिशत पुर्याइदिएको छ। यही कारण बैंकको प्रोभिजनिङ ३७५ प्रतिशतले बढेर साढे १४ करोड पुगेको छ।

बैंकको आधार दर ८.३८ प्रतिशतबाट घटेर ६.७५ प्रतिशतमा आएको छ। बैंकको स्प्रेड दर ३.७७ प्रतिशतबाट ३.३२ प्रतिशतमा झरेको छ। प्रति सेयर आम्दानी २८ रुपैयाँ छ।

Advertisement

प्रतिक्रिया