चिलिमे जलविद्युत कम्पनीको नाफा घट्यो
![](https://www.bidurkhabar.com/wp-content/uploads/2020/08/chilime.jpg)
नुवाकोट । चिलिमे जलविद्युत कम्पनी लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमासको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीको विद्युत बिक्री आम्दानी र नाफा दुबै घटेको छ।
गत असार मसान्तसम्ममा कम्पनीले ७० करोड १८ लाख रुपैयाँ खुद नाफा कमाएको छ। जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ५.८७ प्रतिशत कम हो। विद्युत बिक्री आम्दानी घटेका कारण कम्पनीको खुद नाफा घट्न पुगेको हो।
समीक्षा अवधिमा कम्पनीको विद्युत बिक्री आम्दानी १.११ प्रतिशत घटेको छ भने सञ्चालन मुनाफा ५.१९ प्रतिशत घटेको छ। समीक्षा अवधिमा चिलिमे जलविद्युत केन्द्रमा जडित विभिन्न उपकरणहरु तथा सफ्टवेयरमा समय सापेक्ष सुदृढिकरण गर्दा पावर प्लान्ट बन्द गर्नु परेका कारण र चिलिमे खोलामा पानीको बहावमा कमी आएका कारण तथा नेपाल विद्युत प्राधिकरणको प्रणालीमा अवरोध भएका विद्युत बिक्री आम्दानी घटेको कम्पनीले जनाएको छ।
समीक्षा अवधिमा कम्पनीको चुक्ता पूँजी १० प्रतिशत बढेको छ भने जगेडा कोष १०.३९ प्रतिशत घटेको छ। नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि घटेको छ।
समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी १ रुपैयाँ ८८ पैसा घटेर ११ रुपैयाँ १७ पैसामा झरेको छ। कम्पनीको प्रतिशेयर नेटवर्थ १६१ रुपैयाँ ४० पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ६१.५० गुणा रहेको छ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया