चितुवाको छालासहित दुई जना पक्राउ

नुवाकोट । प्रहरीले पाल्पामा चितुवाको छालासहित दुईजना पक्राउ गरेकेो छ ।
जिल्लाा प्रहरी कार्यालयका अनुसार पक्राउ पर्नेहरुमा रिब्दिकोट गाउँपालिका ७ का ४२ वर्षीय विष्णुबहादुर खत्री र सोही स्थानका ४० वर्षीय रविल मिया रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
मंगलबार दिउँसो रिब्दिकोट गाउँपालिका ५ कुसुमखोलाबाट उनीहरुलाई पक्राउ गरिएको हो । विषेश सूचनाका आधारमा लु्म्विनी प्रदेश अनुसन्धान समुह र प्रहरी चौकी हार्थाेकको सयुक्त टोलीले मुझुङ्ग वतासेबाट तानसेन ल्याउदै गर्दा छाला वरामद गरिएको प्रहरीको भनाइ छ ।
उनीहरुको शरिर तथा झोला खानतलासी गर्दा कालो झोला भित्र गम्छामा बेरेको अवस्थामा चितुवा बाघको मुख देखी पुच्छर सम्मको लम्बाई ६ फिट ४ ईन्च, छातीको भागको चौडाई २ फिट १ ईन्च भएको छाला वरामद गरीएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी रामेश्वर त्वातीले जानकारी दिनुभयो ।
उनीहरुबाट घटनामा प्रयोग गरिएको लु ३७ प ४४४ नम्बरको मोटरसाईकल समेत प्रहरीले नियन्त्रणमा लिएको छ । उनीहरुलाई अनसुन्धानको लागी डिभिजन वन कार्यालय पाल्पामा बुझाईएको र आवश्यक अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया