नुवाकोटमा आज ८९ जना कोरोना संक्रमित थपिए

विदुर खबर २०७८ साउन २५ गते २२:०३

नुवाकोट । नुवाकोटमा आज ८९ जना कोरोना संक्रमित थपिएका छन् ।

Advertisement

स्वास्थ्य कार्यालय नुवाकोटका अनुसार पछिल्लो २४ घण्टामा जिल्लामा एकसय ५१ जनाको पिसिआर र ५६ जनाको एन्टीजेन परिक्षण गर्दा ८९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यससँगै जिल्लामा कोरोना संक्रमितको संख्या ७ हजार एकसय ९८ पुगेको कार्यालयका सुचना अधिकारी उत्तमराज खनालले जानकारी दिए । पछिल्लो २४ घण्टामा सबैभन्दा बढी ३५ जना संक्रमित विदुर नगरपालिकामा थपिएका छन् ।

Advertisement

यस्तै लिखु गाउँपालिकामा २४ जना संक्रमित थपिँदा किस्पाङ गाउँपालिकामा ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यस्तै बेलकोटगढी नगरपालिकामा ९ जना संक्रमित थपिँदा शिवपुरीका ६ जनामा कोरोना देखिएको छ ।

त्यस्तै सुर्यगढी गाउँपालिकाका २ जनामा कोरोना संक्रमण पुष्टि हुँदा म्यागङ र तारकेश्वरमा समान एक÷एक जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

Advertisement

यससँगै जिल्लामा सक्रिय कोरोना संक्रमितको संख्या ६ सय १७ पुगेको छ । सक्रिय कोरोना संक्रमितमध्ये ५ सय ६७ जना होम आइसोलेसनमा, ३६ जना अस्पतालमा र १९ जना आइसोलेसन सेन्टर उपचाररत रहेको कार्यालयका सुचना अधिकारी खनालले बताए ।

पछिल्लो २४ घण्टामा जिल्लाका ३३ जना कोरोना संक्रमित कोरोनामुत्त भएर घर फर्किएका छन् । यससँगै जिल्लामा कोरोना निको भएर घर फर्कनेको संख्या ६ हजार ५ सय ३९ पुगेको छ ।

नुवाकोटमा हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४२ पुगेको छ । जिल्लामा हालसम्म २४ हजार ३ सय ९८ जनाको पिसिआर परिक्षण गरिएको छ ।

प्रतिक्रिया