ईपीएल क्रिकेट असोज ९ देखि काठमाडौंमा
नुवाकोट । एभरेस्ट प्रिमियर लिग(ईपीएल) टी–२० क्रिकेट प्रतियोगिता असोज ९ गतेदेखि हुने भएको छ ।
सोमबार पत्रकार सम्मेलन गर्दै आयोजकले काठमाडौंको त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा असोज ९ गतेदेखि १४ दिन प्रतियोगिता सञ्चालन हुने जनाएको हो । प्रतियोगितामा नेपालका उद्योगपतिहरुको स्वामित्वमा रहेका फ्रेन्चाइजहरु रहेका छन् । टोलीहरुको नाम विराटनगर वारियर्स १९ पोखरा राइनोज, ललितपुर प्याट्रियट्स, चितवन टाइगर्स र भैरहवा ग्लेडिएटर्स रहेका छन् ।
यसपटक शाहिद अफ्रिदी पाकिस्तान, शोएब मलिक, कार्लोस ब्रेथवेट जस्ता स्टार खेलाडीहरुको समेत प्रतियोगितामा प्रदर्शन हेर्न पाइने छ ।
ईपीएलको प्रमुख प्रायोजकमा बजाज पल्सर मोटरसाइकल आएको छ । गोल्छा समूहका अध्यक्ष शेखर गोल्छा र एभरेष्ट प्रिमियर लिगका प्रबन्ध निर्देशक अमिर अख्तरले सोमबार प्रायोजन सम्झौतामा हस्ताक्षर गरेका छन् । दुवै पक्षले सम्झौताको आर्थिक पक्षबारे केही खुलाएका छैनन् ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया