काभ्रेमा भिरबाट लडेर वृद्ध महिलाको निधन
विदुर खबर
२०७८ साउन २३ गते १८:०९

नुवाकोट । काभ्रेको रोशी गाउँपालिका वडा नम्वर २ चण्डीवेशीमा एक बृद्धाको भिरबाट लडेर निधन भएको छ ।
प्रहरीका अनुसार छोरीका घरमा बस्दै आएकी महिलाको बारीमा मकै हेरेर फर्कने क्रममा निधन भएको हो ।
नमोबुद्ध नगरपालिका वडा नम्वर ८ घर भई रोशी गाउँपालिका वडा नम्वर २ मा छोरी सार्की कार्मीको घरमा बस्दै आएकी अन्दाजी एक सय बर्षिया कान्छी कमिनीको मकै बारी हेरी घर फर्किने क्रममा भिरबाट तल खसी मृत्यु भएको डिएस्पी हरि खतिवडाले जानकारी दिनु भयो ।
Advertisement
सम्बन्धित
प्रतिक्रिया