नुवाकोटमा कोरोना संक्रमितको संख्या ७ हजार नाघ्यो
नुवाकोट । नुवाकोटमा कोरोना सक्रमितको संख्या ७ हजार नाघेको छ ।
स्वास्थ्य कार्यालय नुवाकोटका अनुसार पछिल्लो २४ घण्टामा जिल्लामा ४६ जना कोरोना संक्रमित थपिएसँगै जिल्लामा कोरोना संक्रमितको संख्या ७ हजार नाघेको हो । कार्यालयका सुचना अधिकारी उत्तमराज खनालका अनुसार पछिल्लो २४ घण्टामा जिल्लामा ६९ जनाको पिसिआर र ३१ जनाको गरि एकसय जनाको कोरोना परिक्षण गर्दा ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा विदुर नगरपालिका र लिखु गाउँपालिकामा समान १६÷१६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने बेलकोटगढी नगरपालिका र तारकेश्वर गाउँपालिकामा ४÷४ जना कोरोना संक्रमित थपिएका छन् ।
त्यस्तै किस्पाङ गाउँपालिकामा ३ जना कोरोना संक्रमित थपिँदा सुर्यगढी गाउँपालिका, तादी गाउँपालिका र शिवपुरी गाउँपालिकामा समान एक÷एक जना कोरोना संक्रमित थपिएका छन् ।
यससँगै जिल्लामा कोरोनाका सक्रिय संक्रमितको संख्या ५ सय ८१ पुगेको छ । सक्रिय कोरोना संक्रमितमध्ये ५ सय ३७ जना होम आइसोलेसनमा, २६ जना अस्पतालमा र १८ जना आइसोलेसन सेन्टरमा उपचाररत रहेको कार्यालयका सुचना अधिकारी खनालले जानकारी दिए ।
पछिल्लो २४ घण्टामा जिल्लाका ४० जना कोरोना संक्रमित कोरोनामुत्त भएर घर फर्किएका छन् । यससँगै जिल्लामा कोरोनामुत्त भएर घर फर्कनेको संख्या ६ हजार ४ सय १८ पुगेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा जिल्लामा एकजना कोरोना संक्रमित मृत्यु भएको छ । यससँगै जिल्लामा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ४२ पुगेको छ ।
नुवाकोटमा हालसम्म २४ हजार ३७ जनाको पिसिआर परिक्षण गरिएको स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया