कक्षा १२ सहित सबै परीक्षा स्थगन गर्न स्वास्थ्य मन्त्रालयको सिफारीस
नुवाकोट । स्वास्थ्य मन्त्रालयले कक्षा १२ सहित निकट भविष्यमा हुन लागेका सबै परीक्षा स्थगन गर्न शिक्षा मन्त्रालय र कोभिड–१९ संकट व्यवस्थापन केन्द्रलाई सिफारिश गरेको छ।
स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निकट भविष्यमा हुन लागेका सबै परीक्षा स्थगन गर्न शिक्षा मन्त्रालय र कोभिड–१९ संकट व्यवस्थापन केन्द्रलाई सिफारिश गरेको जानकारी दिएका हुन्।
कोभिड–१९ संक्रमण फैलदैं गएको विद्यमान परिस्थितिमा ४ लाख विद्यार्थीको जीवनरक्षाप्रति अत्यन्त संवेदनशील रहेकोले सबै परीक्षा स्थगन गर्न सिफारिस गरेको राज्यमन्त्री श्रेष्ठले बताएका हुन् ।
नेपाली कांग्रेसका प्रवक्ता विश्व प्रकाश शर्माले पनि आन्तरिक समन्वयको प्रक्रिया टुंगोमा पुग्दै रहेकोले कक्षा १२ को परीक्षा स्थगनको निर्णय छिट्टै आउने बताएका छन् l सरकारका लागि विद्यार्थी जीवनको रक्षा भन्दा ठुलो तिनको परीक्षा अहिले किमार्थ हुन सक्दैन भन्दै उनले परीक्षा स्थगनको निर्णय छिट्टै आउने बताएका हुन् l
यसबारे निर्णय गर्न परीक्षा बोर्डको बैठक समेत बोलाइएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया