नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडको नाफा घट्यो

विदुर खबर २०७८ साउन २२ गते ८:१३

नुवाकोट । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडले गत आर्थिक वर्षको अन्त्यसम्ममा ८३ करोड ६४ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।

Advertisement

जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १.२६ प्रतिशत कम हो। गत आवको यसै अवधिमा बैंकले ८४ करोड ७१ लाख नाफा कमाएको थियो । बैंकको खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा सामान्य बढेपनि गैरसञ्चालन आम्दानी घटेका कारण खुद नाफा घटेको हो।

बैंकको खुद ब्याज आम्दानी ८.३६ प्रतिशत तथा सञ्चालन मुनाफा ७.९२ प्रतिशत बढेको छ। यस्तै गैर सञ्चालन आम्दानी भने १० करोड ८५ लाख रुपैयाँबाट घटेर ७४ लाखमा सीमित भएको छ। बैंकको वितरणयोग्य नाफा ६५ करोड ८५ लाख ५२ हजार रुपैयाँ कायम भएको छ।

Advertisement

चुक्ता पूँजी २० अर्ब रुपैयाँ रहेको बैंकको प्रतिशेयर आम्दानी ४.१८ रुपैयाँमा खुम्चिएको छ । बैंकले पूँजी वृद्धिको तुलनामा नाफा बढाउन नसकेपछि प्रतिशेयर आम्दानी २.८८ रुपैयाँले घटेको हो ।

असार मसान्तसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार बैंकले ३० करोड १६ लाख रुपैयाँ निक्षेप संकलन गरेर २ अर्ब २७ करोड रुपैयाँ कर्जा लगानी गरेको छ । बैंकले १८ अर्ब २८ करोड भन्दा बढी रकम बैंक तथा वित्तीय संस्थाहरुमा निक्षेप राखेको छ । बैंकको निक्षेप २०.६५ प्रतिशत र कर्जा २९५.७७ प्रतिशत बढेको छ।

Advertisement

बैंकको जगेडा कोष २ अर्ब ४० करोड सञ्चित रहेको छ । बैंकको मूल्य आम्दानी अनुपात ११७.७० गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ ११७ रुपैयाँ रहेको छ।

प्रतिक्रिया