कांग्रेसले आज विदुरको १३ वट्टै वडामा प्रर्दशन गर्ने
नुवाकोट । नेपाली कांग्रेस विदुर नगर कमिटिले आज विदुर नगरपालिकाको १३ वट्टै वडामा प्रर्दशन गर्ने भएको छ ।
कांग्रेसले नगरपालिकाका मेयर सञ्जु पण्डितले बहुमतको नाममा आतंक मच्चाएको तथा भ्रष्टाचारकाविरुद्ध आवाज उठाई नगरपालिकाका कार्यकारी अधिकृत, लेखा र कृषी शाखामा ताला लगाउने क्रममा नगर प्रहरीबाट दमन भएको तथा मेयर पण्डितको निर्देशनमा नगरप्रहरी समेतले वडाअध्यक्षहरुमाथि नयोजित रुपमा भएको हातपातको विरोधमा नगरपालिकाको सबै वडामा प्रर्दशन गर्न लागेका नेपाली कांग्रेस नुवाकोटका सचिव सुरेन्द्रराज अधिकारीले जानकारी दिए ।
यसअघि गएको सोमवार विदुर नगरपालिका वडा नम्बर १३ फलफुल पकेट क्षेत्रमा व्यापक भष्ट्रचार भएको भन्दै कांग्रेसले नगरपालिका घेर्न जाँदा प्रहरी र कांग्रेसका नेता तथा कार्यकर्ताविच झडप भएको थियो । झडपमा कांग्रेस २ जना र ३ जना प्रहरी घाईते भएका थिए ।
झडपपछि कांग्रेसका कार्यकर्ताहरु आक्रोशित हुँदै नगरपालिका तोडफोड गरेका थिए । तोडफोड पछि नगरपालिकामा एक लाख रुपैया बराबरको क्षति भएको विदुर नगरपालिकाले जानकारी दिएको छ ।
तोडफोडमा संलग्न भएको भन्दै २४ जनाविरुद्ध नगरपालिकाले जिल्ला प्रशासन कार्यालय र प्रहरीमा उजुरी दर्ता गराएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया