रसुवामा सक्रिय कोरोना संक्रमितको संख्या ६२ पुग्यो
विदुर खबर
२०७८ साउन २१ गते २१:०८
रसुवा । रसुवामा सक्रिय कोरोना संक्रमितको संख्या ६२ पुगेको छ ।
बुधबार २ जना संक्रमित थपिसँगै सक्रिय कोरोना संक्रमितको संख्या ६२ पुगेको हो । कोरोनाको दोस्रो लहर सुरु भएसँगै जिल्लामा पनि कोरोना संक्रमित बढेका हुन् ।
स्वास्थ्य कार्यालय रसुवाका अनुसार गोसाइँकुण्डमा ६, कालिकामा ४३ र उत्तरगयामा १३ जना रहेका छन् । संक्रमितहरूमध्ये १ जना संस्थागत ६१ जना होम आइसोलेसनमा बसेका छन् ।
रसुवामा हालसम्म १ हजार २ सय ३६ जनामा कोरोना पुष्टि भएको थियो । जसमा १ हजार १ सय ७२ जना निको भएका छन् । जिल्लामा हालसम्म ४ हजार ८० वटा स्वाव संकलन गरिएकोमा २ हजार ८ सय ४४ नेगेटिभ र १ हजार २ सय ३६ पोजेटिभ आएको थियो ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया