नुवाकोटमा आज ५० जनालाई कोरोना निको
नुवाकोट । नुवाकोटमा आज ५० जना कोरोना संक्रमित निको भएर घ। फर्किएका छन् ।
स्वास्थ्य कार्यालय नुवाकोटका अनुसार पछिल्लो २४ घण्टामा जिल्लामा ५० जना कोरोना संक्रमित कोरोनामुत्त भएर घर फर्किएका हुन् । कार्यालयका सुचना अधिकारी उत्तमराज खनालका अनुसार यससँगै जिल्लामा कोरोनामुत्त भएर घर फर्कनेको संख्या ६ हजार ३ सय ४९ पुगेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा जिल्लामा ५५ जना कोरोना संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा जिल्लामा ८५ जनाको पिसिआर र ३८ जनाको एन्टीजेन परिक्षण गर्दा ५५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
यससँगै जिल्लामा कोरोना संक्रमितको संख्या ६ हजार ९ सय ३ पुगेको छ । पछिल्लो २४ घण्टामा देखिएका कोरोना संक्रमितमध्ये ३१ जना विदुर नगरपालिकाका रहेका छन भने किस्पाङ गाउँपालिकाका ११ जना रहेका छन् ।
यस्तै बेलकोटगढी नगरपालिका र म्यागङ गाउँपालिकामा समान ३÷३ जना कोरोना संक्रमित थपिँदा ककनी गाउँपालिका, लिखु गाउँपालिकामा समान २÷२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यस्तै सुर्यगढी गाउँपालिका, तादी गाउँपालिका र तारकेश्वर गाउँपालिकामा समान एक÷एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
यस्तै जिल्लामा सक्रिय कोरोना संक्रमितको संख्या ५ सय १३ पुगेको छ । जिल्लामा रहेका कुल कोरोनाका सक्रिय संक्रमितको संख्यामध्ये ४ सय ६४ जना होम आइसोलेसनमा, २५ जना अस्पतालमा र २४ जना आइसोलेसन सेन्टरमा उपचाररत रहेको स्वास्थ्य कार्यालय नुवाकोटले जानकारी दिएको छ ।
नुवाकोटमा हालसम्म कोरोना संक्रमणबाट ४१ जनाको ज्यान गइसकेको कार्यालयका सुचना अधिकारी खनालले जानकारी दिए ।
नुवाकोटमा हालसम्म २३ हजार ७ सय ४५ जनाको पिसिआर परिक्षण गरिएको स्वास्थ्य कार्यालय नुवाकोटले जानकारी दिएको छ ।
विदुर नगरपालिकामा ३१ जना कोरोना संक्रमित थपिए
यसैविच विदुर नगरपालिकामा मंगलवार ३१ जना कोरोना संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा भेटिएका कोरोना संक्रमितमध्ये २४ पुरुष र १७ महिला रहेका छन् । यससँगै विदुर नगरपालिकामा कोरोना संक्रमितको संख्या २ हजार ६ सय १२ पुगेको छ ।
नगरपालिकामा रहेका कुल कोरोना संक्रमितमध्ये एक हजार ५ सय ९१ पुरुष र एकहजार २९ महिला रहेको स्वास्थ्य कार्यालय नुवाकोटले जानकारी दिएको छ । नगरपालिकाको विभिन्न आइसोलेसनमा अहिले एकसय १३ पुरुष र एकसय ४ महिलासहित २ सय १७ जना उपचाररत रहेको विदुर नगरपालिकाको स्वास्थ्य शाखाले जानकारी दिएको छ ।
विदुर नगरपालिकामा ३ हजार ३ सय ६२ जनाको पिसिआर परिक्षण गरिएको स्वास्थ्य कार्यालय नुवाकोटले बताएको छ ।
किस्पाङ गाउँपालिकामा ११ जना संक्रमित थपिए
यस्तै किस्पाङ गाउँपालिकामा मंगलवार ११ जना कोरोना संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा भेटिएका कोरोना संक्रमितमध्ये १० पुरुष र एक महिला रहेका छन् । यससँगै किस्पाङ गाउँपालिकामा कोरोना संक्रमितको संख्या ४ सय ६४ पुगेको छ ।
गाउँपालिकामा रहेका कुल कोरोना संक्रमितमध्ये २ सय २५ पुरुष र एकसय २५ महिला रहेको स्वास्थ्य कार्यालय नुवाकोटले जानकारी दिएको छ । गाउँपालिकाको विभिन्न आइसोलेसनमा अहिले २९ पुरुष र ५ महिलासहित ३४ जना उपचाररत रहेको किस्पाङ गाउँपालिकाको स्वास्थ्य शाखाले जानकारी दिएको छ ।
किस्पाङ गाउँपालिकामा हालसम्म ८ सय २७ जनाको पिसिआर परिक्षण गरिएको स्वास्थ्य कार्यालय नुवाकोटले बताएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया