नुवाकोटको विदुरमा वडाध्यक्षकै नेतृत्वमा नगरपालिका तोडफोड
नुवाकोट । नुवाकोटको विदुर नगरपालिकामा वडा अध्यक्षकै नेतृत्वमा नगरपालिकाको कार्यालय तोडफोड गरिएको छ ।
नेपाली कांग्रेसबाट नगरपालिकाको विभिन्न वडामा निर्वाचित वडाध्यक्षहरु आफै नगरपालिकाको कार्यालय तोडफोडमा उत्रिएका हुन् । सोमवार नेपाली कांग्रेस विदुर नगरपालिका वडा नम्बर १३ ले संघीय सरकारबाट बिनियोजित भएको सुन्तला र कागती पकेट क्षेत्रको लागी छुट्टाईएको बजेटमा अनियमितता भएको भन्दै नगरपालिकामा ताला लगाउन खाज्दा प्रहरीले रोकेपपिछ नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताले नगरपालिकाको कार्यालयमा ढुङ्गामुडा गरेका थिए ।
नगरपालिकाको कार्यालय तोडफोड हुँदा विदुर नगरपालिका वडा नमबर २, वडा नम्बर ३, वडा नम्बर ७, वडा नम्बर ८, वडा नम्बर १०, वडा नम्बर १३ का वडाध्यक्षहरु पनि नगरपालिकाको कार्यालयमा उपस्थिति थिए ।
वडामा विनियोजन गरिएको रकममा अनियमितता भएकोले भुक्त्तिानी रोक्न माग गरिएपनि नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत मोहनप्रसाद मरासिनीले वडालाई जानकारी नदिइ रकम भुक्त्तिानी दिइएको विदुर नगरपालिका वडा नम्बर ८ का वडाध्यक्ष फैसिङ तामाङले जानकारी दिए ।
कांग्रेसका नेता तथा कार्याकर्ताले गरेको तोडफोडबाट नगरपालिकामा करिव एक लाख रुपैयाँ बरावरको क्षति भएको विदुर नगरपालिकाले जानकारी दिएको छ ।
ढुङ्गामुढाबाट नगरपालिकाको सुचना बोर्ड, झयालका सिसा तथा गमलामा क्षति पुगेको छ । नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत मोहनप्रसाद मरासिनीको कार्यकक्षमा ताला लगाउन पुगेका कांग्रेसनिकट वडाध्यक्षहरुलाई नगरप्रहरी र नेपाल प्रहरीले रोक्दा नगरपालिकाका दिनभर तनावग्रस्त भएको थियो ।
त्यसपछि भएको झडपमा परि नेपाली कांग्रेसबाट विदुर नगरपालिकाका उपमेयरकी प्रत्यासी गिता अमात्यसहित २ जना र ३ जना प्रहरी घाइते भएका छन् । प्रहरीलाई भिड नियन्त्रण गर्न हम्मेहम्मे परेको थियो ।
यस विषयलाई लिएर नुवाकोटमा सामाजिक संजाल गर्माएको छ । यस विषयमा पक्ष र विपक्षमा वहस भइरहेको छ तर । जुनसुकै बहानामा स्थानीय सरकारको कार्यालयमा तोडफोड हुनु निन्दनीय रहेको नागरिक समाजका अगुवाहरु बताउँछन् ।
शान्तिपूर्ण रुपमा पनि दबाबमूलक कार्यक्रमहरु सम्पन्न भएका प्रशस्त उदाहरणहरु रहेको भन्दै नागरिक अगुवाहरु यथासिघ्र घटनाको सत्यतथ्य सार्वजनिक गरि जनताले उठाएका गम्भीर विषयमा नगरपालिकाले पनि निष्पक्ष छानवीन गनुपर्ने बताएका छन् ।
बिदुर नगरपालिका वडा नम्बर १३ लाई नगरपालिकाले फलफुल तथा कागती पकेट क्षेत्र निर्धारण गरि बिरुवा बितरणमा घोटाला गरेको भन्दै भुक्तानी नदिन काँग्रेस निकट वडा अध्यक्षहरुले माग गर्दै आएका थिए ।
संघिय सरकारले नगरपालिकाको वडा नम्बर १३ मा विनियोजित गरेको ११ लाख रुपैयाँमध्ये नगरपालिकाले ६ लाख रुपैयाँ भुक्त्तिानी गरिसकेको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया