आशा लघुवित्तको नाफा उल्लेख्य बढ्यो
नुवाकोट । आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।
विवरण अनुसार अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा लघुवित्तको खुद नाफा उल्लेख्य बढेको छ। समीक्षा अवधिमा लघुवित्तको खुद नाफा १७२.६६ प्रतिशत बढेर १२ करोड ७१ लाख रुपैयाँ पुगेको थियो। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तको यस्तो नाफा ४ करोड ६६ लाख रुपैयाँ मात्र रहेको थियो।
खुद ब्याज आम्दानी र अन्य सञ्चालन आम्दानी बढेसँगै खराब कर्जा उठाउन सफल भएका कारण लघुवित्तको खुद नाफामा उल्लेख्य सुधार भएको हो। यसका साथै लघुवित्तले सम्भावित जोखिम बापतको व्यवस्थामा कम रकम छुट्याएका कारण पनि खुद नाफा बढ्न टेवा पुगेको देखिन्छ।
समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ५४.९३ प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा १४९.३९ प्रतिशत बढेको छ। चैत मसान्तसम्ममा लघुवित्तले १ करोड ६० लाख रुपैयाँ खराब कर्जा उठाएको छ।
समीक्षा अवधिमा लघुवित्तको जगेडा कोष २७६.५७ प्रतिशत बढेको छ भने सापटी ५१.९० प्रतिशत, निक्षेप ५६.९६ प्रतिशत र कर्जा ६३.१० प्रतिशत बढेको छ।
नाफासँगै लघुवित्तको प्रतिशेयर आम्दानी पनि बढेको छ। समीक्षा अवधिमा लघुवित्तको यस्तो आम्दानी ३० रुपैयाँ १४ पैसा बढेर ४७ रुपैयाँ ६० पैसा पुगेको छ। चैत मसान्तसम्ममा लघुवित्तको मूल्य आम्दानी अनुपात ३९.०६ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १६४ रुपैयाँ ९४ पैसा रहेको छ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया