नुवाकोटको मेरो माइक्रोफाइनान्सको नाफा एकसय ४५ प्रतिशत बढ्यो
![](https://www.bidurkhabar.com/wp-content/uploads/2021/08/mero-micro.jpg)
नुवाकोट । नुवाकोटको बट्टारमा केन्द्रिय कार्यालय रहेको मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।
विवरण अनुसार लघुवित्तको अधिकांश सूचकमा उल्लेख्य सुधार गरेको छ। अघिल्लो आर्थिक वर्षको चौथो त्रैमासको तुलनामा गत आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तको प्रतिशेयर आम्दानी अर्थात ईपीएस २६ रुपैयाँ ५१ पैसा बढेर ४४ रुपैयाँ ७२ पैसा कायम भएको छ। खुद नाफामा उल्लेख्य सुधार भएपछि लघुवित्तको यस्तो आम्दानी पनि सोही अनुसार बढ्न पुगेको हो।
सो अवधिसम्ममा लघुवित्तको मूल्य आम्दानी अनुपात ३४.५७ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १६३ रुपैयाँ १२ पैसा रहेको छ। असार मसान्तसम्ममा लघुवित्तले ४४ करोड ७२ लाख रुपैयाँ खुद नाफा कमाएको छ। जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १४५.५१ प्रतिशत बढी हो।
सम्भावित जोखिम बापतको व्यवस्थामा कम रकम छुट्याएको र खराब कर्जा उठाउन सफल भएको कारण लघुवित्तको खुद नाफामा उल्लेख्य सुधार देखिएको हो। समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ७२.४६ प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा १०२.५२ प्रतिशत बढेको छ। साे अवधिसम्ममा लघुवित्तले ११ करोड ५१ लाख रुपैयाँ खराब कर्जा उठाउन सफल भएकाे छ।
समीक्षा अवधिमा लघुवित्तको चुक्ता पूँजीमा कुनै परिवर्तन भएको छैन भने जगेडा कोष २०१.९७ प्रतिशत बढेको छ। त्यसैगरी, लघुवित्तको सापटी १५४.९४ प्रतिशत, निक्षेप ५२.३५ प्रतिशत र कर्जा १३६.४० प्रतिशत बढेको छ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया