नुवाकोटको मैथली व्यारेक खोल्चामा राखिएको ह्युमपाइप बगायो, सडक अवरुद्ध
विदुर खबर
२०७८ साउन १६ गते ९:०२
नुवाकोट । शुक्रवार परेको वर्षाको कारण नुवाकोटको मैथली तालिम केन्द्रको विदुरतर्फ खोल्चामा राखिएको ह्युम पाइप बगाएको छ । बाढीले ह्युम पाइप बगाएसँगै सडक अवरुद्ध भएको छ ।
यसअघि पुलमा १३ गते राती पुगेको क्षति मर्मत गरेर आंशिक रुपमा सुचारु भएकोमा शुक्रबार रातीको पानीले पुनः क्षति पुराएसगै सवारी आवागमन अबरुद्ध भएको छ ।
गएको बुधबार राती ८ बजेदेखि पूर्ण रुपमा ठप्प भएको सडक माटो भरेर बिहीबार बिहानदेखि सञ्चालनमा ल्याएकोमा उक्त माटो शुक्रबार राती परको वर्षाले पुनः बगाएसँगै सडक पुन अबरुद्ध भएको हो ।
सडक अबरुद्ध बरुद्ध हुदाँ यातायातका साधनहरु ठप्प भएका छन् । अबरुद्ध भएको सडकको खुलाउनको लागी पहल भइरहेको प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद दुलालले जानकारी दिए ।
सडक सुचारु हुन केही समय लाग्ने बताइएको छ ।
Advertisement
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया