मकवानपुरमा एक बालकसहित दुईको मृत्यु, कङ्काल भेटियो

नुवाकोट । मकवानपुरका दुई पालिकामा भएका फरक घटनामा एक बालकसहित दुई जनाको ज्यान गएको छ ।
धान रोप्न खेत जोत्दै गरेको ट्याक्टर अनियन्त्रित भएर पटिँदा बकैया गाउँपालिका वडा–८, खजिलदमारमा चालकको घटनास्थलमा मृत्यु भएको छ । मंगलबार खेत जोत्ने क्रममा प्रदेश–३–००१ त २५२ नम्बर ट्याक्टर दुर्घटना भएर थिच्दा चालक बकैया–३ का २२ वर्षीय बुद्ध भोलनको ज्यान गएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
कृष्णबहादुर बज्युको धान रोप्न खेत जोत्दै गरेको ट्याक्टर एक्कासी अनियन्त्रित भएर दुर्घटना हुँदा चालक भोलनको घटनास्थलमा ज्यान गएको मकवानपुर प्रहरीले बताएको छ ।
बकैया गाउँपालिका वडा–४ को सामुदायिक बनमा मानवकंकाल फेला परेको छ । मंगलबार गाउँपालिको वडा नम्बर–४ को गुरा“स सामुदायिक बनमा मानवकंकाल फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको हो ।
बनमा घाँस दाउरा गर्न गएका स्थानीयले मानवकंकाल देखेपछि प्रहरीलाई खबर गरेका थिए । भेटिएको मानवकंकालमा मानवको कम्मर तलको भाग रहेको र कंकालनजिक पुरुषको कपडा फेला परेको हुँदा कंकाल पुरुषको हुनसक्ने प्रहरीको अनुमान छ । बागमती गाउँपालिका वडा नम्बर–८ स्थित कालिका कन्स्ट्रक्सननजिक पोखरीमा डुबेर बालकको मृत्यु भएको छ ।
शान्तिपुरका १० वर्षीय सागर सारुको पोखरीमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएपछि स्थानीयले कन्स्ट्रक्सनमा आगजानी गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।
स्थानीयले कन्स्ट्रक्सनले बनाएको पोखरीका कारण बालकको मृत्यु भएको भन्दै सोमबार राति करिब ९ बजे कन्स्ट्रक्सनको एक बोलेरोमा आगजानी, जेसीबी र कार्यालयपरिसरमा तोडफोड गरेका थिए । आगजानी र ताडफोडमा संलग्न एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया