युवा संघ नुवाकोटको कार्यसमति घोषणा

विदुर खबर २०७८ साउन १३ गते २०:२०

नुवाकोट । नेकपा एमालेको माधव समुह निकट युवा संघ नेपाल नुवाकोटको कार्य समिति बुधवार घोषणा गरिएको छ ।

Advertisement

युवा संघ नुवाकोटका इन्चार्ज उद्धव पनेरुको अध्यक्षतामा बसेको बैठकले एकसय ५३ सदस्यीय जिल्ला सम्मेलन आयोजक कमिटि घोषणा गरेको हो । समितिको संयोजकमा कार्यसमितिका सह–संयोजक सुदेश अधिकारी रहेका छन् ।

आजै बसेको भेलाले भेलाले जीवन आलेमगरको संयोजकत्वमा ५१ सदस्यीय पिपुल्स भोलिन्टियर्स (PV) गठन समेत गरेको छ ।

Advertisement

समितिले छिट्टै जिल्ला सम्मेलन, क्षेत्रिय सम्मेलन र पालिकास्तरीय सम्मेलन गर्ने युवा संघ नुवाकोटका इन्चार्ज उद्धव पनेरु जानकारी दिए ।

Advertisement

 

 

 

प्रतिक्रिया