नुवाकोटमा कोभिड १९ को खोप लगाउने बारे सुचना
नुवाकोट । नुवाकोटको १२ वट्टै स्थानिय तहमा यही हप्ता कोरोना भाइरसको खोप लगाइने भएको छ ।
कोभिड १९ विरुद्धको राष्ट्रिय खोप अभियान अन्र्तगत नुवाकोट जिल्लाको सवै स्वास्थ्य संस्थाहरुमा यही साउन १५ र १६ गते भेरोसिलको पहिलो मात्रा खोप लगाउन छुट भएका र १७ गते जोनसोन एण्ड जोनसोन खोप अभियान सञ्चालन हुने स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ ।
कार्यालयका सुचना अधिकारी उत्तमराज खनालले ५५ बर्ष माथिका सवै उमेर समूहका नागरिकहरुलाई कोभिड विरुद्ध पहिलो मात्रा लगाउन यहि साउन १५ र १६ गते खोप अभियान संचालन गर्ने निर्णय भएको बताए । उनले सो खोप अभियानमा सबै नागरिकहरुलाई खोप लगाउन समेत अनुरोध गरेका छन् ।
यस्तै सो अभियानमा विश्वविध्यालय,विध्यालयका प्राध्यापक,शिक्षक र कर्मचारीहरु, सार्वजानिक यातायातमा कार्यरत चालक र सहचालहकहरु, नेपाल सरकारले तोकेका अत्यावश्यक सेवामा संलग्न खोप लगाउन बांकी ब्यक्तिहरु र खोप अनिवार्य गरेका देशमा जाने नेपाली नागरिकहरुले खोप लगाउन सक्नेछन् ।
यस्तै यही साउन १७ गते अर्थात आगामी आईतवार जोनसोन एण्ड जोनसोनको खोपको लागी ५० वर्ष देखि ५४ बर्ष उमेर समूहका नागरिकहरुलाई कोभिड विरुद्ध खोप लगाउन आग्ह गरिएको छ ।
खोप लगाउने क्रममा पूर्ण र अति अशक्त अपाङ्गता ( वर्ग क र ख ) भएका नागरिकहरु, हाल नेपालमा बसोबास गरिरहेका शरणार्थीहरु, स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मी र सरसफाईकर्मीहरु ( यस अघिको अभियानहरुमा खोप लगाउन छुट भएका ) ले खोप लगाउन सक्ने बताइएको छ ।
खोप लगाउन आउँदा उमेर समूहको हकमा, उमेर खुल्ने आधिकारिक प्रमाण ( नागरिकता,पासपोर्ट,सवारी चालक प्रमाण पत्र, शैक्षिक प्रमाण पत्र र सो नभएमा पालिका,वडा बाट उमेर प्रमाणित कागजात ) लिएर आउनुपर्ने कार्यालयका सुचना अधिकारी उत्तमराज खनालले बताए ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया