नुवाकोटमा कोरोना संक्रमणबाट थप एकजनाको मृत्यु

विदुर खबर २०७८ साउन १२ गते २१:३०

नुवाकोट । नुवाकोटमा कोरोना संक्रमणबाट थप एकजनाको मृत्यु भएको छ ।

Advertisement

मृत्यु हुनेमा विदुर नगरपालिका वडा नम्बर ९ घर भएकी ७२ वर्षियम महिला रहेको स्वास्थ्य कार्यालय नुवाकोटले जानकारी दिएको छ । उनको उपचारको क्रममा त्रिशुली अस्पतालमा मृत्यु भएको बताइएको छ ।

यससँगै नुवाकोटमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४० पुगेको स्वास्थ्य कार्यालय नुवाकोटले जानकारी दिएको छ ।

Advertisement

नुवाकोटमा हालसम्म कोरोना संक्रमितको संख्या ६ हजार ५ सय ३२ पुगेको छ भने कोरोनामुत्त भएर घर फर्कनेको संख्या ४ हजार २४ पुगेको छ ।

जिल्लामा हालसम्म २२ हजारभन्दा बढीको पिसिआर परिक्षण गरिएको स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ ।

Advertisement

 

प्रतिक्रिया