प्रधानमन्त्रीको दोहोरो चरित्रका कारण प्रधान न्यायाधीश प्रकरण दुर्घटनामा पुग्यो : कांग्रेस
काठमाडौं– नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीको दोहोरो चरित्रका कारण प्रधान न्यायाधीश प्रकरण दुर्घटनामा पुगेको निष्कर्ष निष्कर्ष निकालेको छ। मंगलबार पार्टी केन्द्रीय कार्यालयमा बसेको कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा न्यायाधीश दीपकराज जोशीलाई संवैधानिक परिषद्ले गरेको सिफारिसलाई संसदीय सुनुवाइ समितिले अस्वीकार गरेको विषयमा विशेष छलफल गरेको थियो।

‘प्रधानमन्त्री ओलीले संवैधानिक परिषद्को बैठकमा अध्यक्षता आफैंले गरेको, जोशीलाई प्रस्ताव गरेको र प्रस्ताव पारित गरिसकेपछि आफ्नै निर्देशनमा पार्टीका सांसदहरुलाई ह्विप लगाएर अस्वीकृत गराउने दोहोरो चरित्र निर्वाह गर्नुभयो’, बैठकपछि प्रवक्ता विश्वप्रकाश शर्माले भने, ‘यसलाई नेपाली कांग्रेसले गम्भीर रुपमा लियो।’
‘प्रधानमन्त्रीको पदको जिम्मेवारी र प्रतिष्ठा विपरित व्यवहार प्रस्तुत गरको कारण प्रधानन्यायाधीश प्रकरण दुर्घटनामा परेको ठहर नेपाली कांग्रेसले गर्यो’, प्रवक्ता शर्माले भने। प्रधानन्यायाधीश प्रकरणलाई दुर्भाग्यपूर्ण घटना भन्दै कांग्रेसले न्यायपालिकाको स्वतन्त्रता र निष्पक्षतामाथि कार्यकारिणीको अतिक्रमण र नियन्त्रणकारी हस्तक्षपको रुपमा लिएको बताएको छ।
प्रतिक्रिया