ए डिभिजन लिग रोक्न माग
नुवाकोट । ललितपुरका चार क्लबले आगामी असोज ३ गतेदेखि गर्ने तय भएको शहीद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिता रोक्न माग गरेका छन् ।
थ्री स्टार, जावलाखेल युथ, फ्रेण्ड्स र ब्रिगेड ब्वाइज क्लबले कोरोना संक्रमण दरमा उल्लेखनीय कमी नआएको भन्दै असोज ३ गतेदेखि गर्ने तयारी गरिएको ए डिभिजन लिग रोक्न अखिल नेपाल फुटबल संघ (एन्फा)सँग माग गरेका हुन् ।
एन्फा अध्यक्षको विशेष आग्रहमा मार्केटिङका लागि असोज ३ को मिति तय गरेको तर त्यसपछि ए डिभिजन क्लबको बैठक नै नबसी टिम दर्ताका लागि एकपक्षीय रुपमा पत्र पठाइएको भन्दै यथाशीघ्र क्लबको बैठक बोलाउन र लिग उपयुक्त समयमा गर्नका लागि चार क्लबले एन्फामा ज्ञापनपत्र बुझाएका छन् ।
ललितपुरका ए डिभिजन क्लबहरु जावलाखेल युथ क्लबका अध्यक्ष महेन्द्र क्षेत्री, फ्रेन्ड्स क्लबका अध्यक्ष दीपक थापा, थ्री स्टार क्लबका महासचिव सञ्जीव शिल्पकार र ब्रिगेड ब्वाइज क्लबका अध्यक्ष लालकुमार पुनले संयुक्त रुपमा मंगलबार एन्फामा ज्ञापनपत्र बुझाएका हुन् ।
असोज ३ देखि नै लिग शुरु गर्ने भनेपछि केही क्लबहरुले आन्तरिक रुपमा तयारी पनि थालिसकेका छन् । तर ललितपुरका चार क्लबहरुले असोज ३ गते लिग गर्न उपयुक्त नभएको भन्दै असहमति जनाएपछि एन्फाले तोकेको मितिमा लिग हुनेमा आशंका बढेको छ ।
असार १४ गते ए डिभिजन क्लबहरुसँगको बैठकपछि एन्फाले असोज ३ गतेदेखि ए डिभिजन लिग गर्ने निर्णय गर्दै मिति तोकेको थियो । तर त्यसमा लिगको मिति मार्केटिङका लागि तय गर्ने र अन्य विषयहरुमा छिट्टै छलफल गर्ने भनिएकोमा एकपक्षीय रुपमा टिम दर्ताका लागि पत्र पठाइएको भन्दै ललितपुरका तनर क्लबले असहमति जनाएका हुन् । साथै उनीहरुले पत्रमा ए डिभिजन क्बलहरुको बैठक बोलाउन मा गरेका छन् ।
यस्तै कोरोना महामारीको भयावह स्थितिमा पनि ए डिभिजन लिग आयोजना गर्नु कुनै पनि हालतमा उपयुक्त नभएको ठहर गर्दै चार क्लबले संक्रमण दरमा कमी आएपछि मात्र लिगलगायत फुटबल गतिविधि गर्न उपयुक्त हुने जनाएका छन् ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया