कक्षा १२ को परीक्षा ३१ साउनदेखि गर्ने बोर्डको निर्णय

नुवाकोट । कक्षा १२ को परीक्षा ३१ साउनदेखि ९ भदौसम्म सञ्चालन हुने भएको छ ।
मंगलबार बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले कोभिड– १९ बाट सुरक्षित हुने स्वास्थ्य मापदण्ड अपनाएर ३१ साउनदेखि भौतिक रूपमा परीक्षा सञ्चालन गर्ने निर्णय गरेको परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले बताए ।
बोर्डले परीक्षा दिने विद्यार्थी भएका सबै विद्यालयमा परीक्षा केन्द्र (होम सेन्टर) कायम गरेको छ । देशभरमा चार हजार तीन सय १० परीक्षा केन्द्र कायम भएका छन् ।
सञ्चालनका लागि कोभिड– १९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी)ले सर्तसहित अनुमति दिएको थियो । सिसिएमसीबाट परीक्षा सञ्चालनको अनुमति पाएपछि बोर्डको बैठक भौतिक उपस्थितिमा होम सेन्टरमा परीक्षा सञ्चालनको निर्णय गरेको हो ।
कक्षा १२ मा झन्डै पौने चार लाख विद्यार्थी छन् । गत जेठमा तय गरेको परीक्षा कोभिड– १९को संक्रमण उच्च भएपछि स्थगित भएको थियो ।
बोर्डले अघिल्लो वर्ष ४० प्रतिशत मूल्यांकनका लागि परीक्षा लिएको थियो । तर, यस वर्ष भने शतप्रतिशत नै परीक्षा लिने भएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया