माओवादी द्वन्द्वका ‘अयोग्य लडाकु’ चोरीमा जेल चलान

नुवाकोट । नेकपा माओवादी केन्द्रका कार्यकर्ता एवं अयोग्य लडाकु चोरीमा संलग्न भएका छन् ।
अयोग्य घोषित भई राज्यले उपलब्ध गराएको ५ लाख रकम मध्ये पार्टीले आधा रकम लिएर आधा मात्रै प्राप्त गरेका साविक मादनकुँडारी ६ घर भएका मिलन भन्ने मिक्मार लामा पक्राउ परेका छन् ।
उनको श्रीमती पनि अयोग्य लडाकु हुन् । मिक्मारको साली पनि चोरीमा संलग्न भएकी थिईन् । हाल उनि बैदेशिक रोजगारमा संलग्न छिन् । अदालतले मिक्मार र उनको साली सोनिसा भन्ने सुना स्याङ्गतानलाई जनही चोरी अभियोगमा ७ लाख ५४ हजार रुपैया जरिवना र ४ वर्ष २ महिना कैद तोकेको थियो ।
घटना विवरण अनुसार साविक मादनकुँडारी ६ घर भएका मिलन भन्ने मिक्मार लामा माओवादी पार्टीमा जर्बजस्ति सक्रिय गराईएका थिए । बेरोजगार भई गाउँमा रहेको समयमा लडाकु हुँदा राज्यले रकम दिन्छ भन्ने प्रलोभनमा चितवनको शक्तिखोर गएका थिए । मिक्मार र उनको श्रीमती दुबै लडाकुमा गए पनि बास्तविक लडाकु छान्ने क्रममा उनिहरु दुबै जना अयोग्य भए ।
अयोग्य लडाकुलाई सरकारले दिएको रकम पनि पार्टीले पुरा नदिए पछि उनिहरुमा पार्टी र नेता प्रति फ्रस्टेसन थियो । त्यहि क्रममा उनिहरु बनेपा नगरपालिका वडा नम्वर ५ स्थित नयाँबस्तिमा डेरा गरी बस्न थाले । मिक्मारको साली १८ बर्षिया सोनिसा भन्ने सुना स्याङ्गतान साविक मिल्चे गाविस वडा नम्वर ८ घर भई बनेपा नगरपालिका वडा नम्वर ४ मा डेरा गरि बस्दै आएकी थिईन् । २०७१ साल असार २४ गतेको घटना हो ।
साविक साल्धारा गाविस वडा नमवर ४ घर भएकी २० बर्षिया अस्मिता गोलेको डेरा बनेपा नगरपालिका वडा नम्वर ५ मा थियो । उनको साथमा बैदेशिक रोजगारबाट पठाएको ३ लाख ७७ हजार रुपैया थियो । उक्त रकम भएको जानकारी सोनिसालाई थियो । अघिल्लो दिन साँझ अस्मिताको कोठामा पुगेका मिक्मार र सोनिसाको पैसा लुट्ने योजना बन्यो ।
विहान बैकमा पैसा जम्मा गरिदिने योजनामा देवमाया थोकरको ब्यागमा बोकेको पैसा खडपु बस्ने आरके मागर र मिक्मार लामाले बनेपाको लायकु चोक भित्रको गल्लिमा हिडिरहेको बेला देवमाया थोकरको ब्यागमा रहेको अस्मिता गोलेले जम्मा गर्न पठाएको पैसा उनिहरुले लुटेर फरार भए ।
असार २७ गते उनिहरु दुबैजना पक्राउ परे । तर पैसा फिर्ता गर्न मानेनन । जिल्ला अदालत काभ्रेपलाञ्चोकले रहजनी चोरीमा उनिहरुलाई २०७१ भदौ ६ गते धरौटीमा छाड्ने आदेश दियो । दुबैलाई १ लाख ९० हजारका दरले धरौटीमा छाड्ने आदेश दिएको अदालतले २०७१ पौष २७ गते ४ वर्ष २ महिना कैद र जरिवना तोक्यो ।
दण्ड सजाँयको ३८(१) नम्वर बमोजिम जरिवना बापतको ४ वर्ष कैद र २ महिना थप कैदको फैसला भएको छ । ३ लाख ७७ हजार को ७ लाख ५४ हजार जरिवना तोकिएको थियो । उक्त जरिवना बापतको पनि कैद सजाँय तोकिएको हो । धरौटी रकम पीडितलाई फिर्ता दिन र बाँकी रकम सोहि ब्यक्तिलाई फिर्ता गर्न आदेश भएको छ ।
फरार अपराधी पक्राउ गर्ने क्रममा इलाका प्रहरी कार्यालय कात्तिकेदेउरलाीका प्रहरी निरिक्षक अनिष बुढाथोकीले पक्राउ गरेका थिए । उनि अहिले जिल्ला कारागारमा छन् ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया