नुवाकोटमा आज थप ४३ जना संक्रमित भेटिए
नुवाकोट । नुवाकोटमा आज थप ४३ जना कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य कार्यालय नुवाकोटका अनुसार पछिल्लो २४ घण्टामा जिल्लामा ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । कार्यालयका सुचना अधिकारी उत्तमराज खनालका अनुसार पछिल्लो २४ घण्टामा ८३ जनाको. पिसिआर र १७ जनाको एन्टिजेन परिक्षण गर्दा ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
यससँगै नुवाकोटमा कोरोना संक्रमितको संख्या ६ हजार एकसय ३७ पुगेको हो । यस्तै जिल्लामा सक्रिय कोरोना संक्रमितको संख्या ५ सय ९५ पुगेको छ । पछिल्लो २४ घण्टामा भेटिएका संक्रमितमध्ये सबैभन्दा बढी विदुर नगरपालिकाका रहेका छन् ।
विदुर नगरपालिकामा १८ जना संक्रमित थपिएका छन् । यस्तै शिवपुरी गाउँपालिकामा ९ जनामा कोरोना संक्रमण देखिँदा लिख् गाउँपालिकामा ६ जनामा कोरोना पुष्टि भएको छ ।
त्यस्तै तादी गाउँपालिकामा ५ जनामा कोरोना पुष्टि भएको छ भने बेलकोटगढी नगरपालिका, सुर्यगढी गाउँपालिका, दुप्चेश्वर गाउँपालिका, किस्पाङ गाउँपालिका र तारकेश्वर गाउँपालिकामा सामान एक÷एक जनामा कोरोना संक्रमित थपिएको कार्यालयका सुचना अधिकारी खनालले बताए ।
यस्तै पछिल्लो २४ घण्टामा जिल्लामा २० जना कोरोना संक्रमित कोरोनामुत्त भएर घर फर्किएका छन् । यससँगै नुवाकोटमा कोरोनालाई जितेर घर फर्कनेको संख्या ५ हजार ५ सय ५ पुगेको छ ।
कोरोना संक्रमणबाट नुवाकोटमा अहिलेसम्म ३७ जनाको मृत्यु भएको छ ।
नुवाकोटमा हालसम्म २१ हजार ९ सय ३९ जनाको पिसिआर परिक्षण गरिएको स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया