त्रिशुली अस्पताललाई आइसियु वेड हस्तान्तरण

विदुर खबर २०७८ असार २८ गते २२:१९

नुवाकोट । यशोदादेवी भगवानसिंह केसि मेमोरियल ट्रस्टले त्रिशुली अस्पताललाई दुई थान आइसियु वेड हस्तान्त्तरण गरेको छ ।

Advertisement

सोमवार अस्पताल परिसरमा आयोजना गरिएको कार्यक्रममा यशोदादेवी भगवानसिंह केसि मेमोरियल ट्रस्टका अध्यक्ष डा ः केदारनरसिंह केसीले त्रिशुली अस्पतालका प्रमुख अर्जुन न्यौपाने र अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा ः दिपेन्द्र पाण्डेलाई आइसियु वेड हस्तान्त्तरण गरेका हुन् ।

यसअघि ट्रस्टले आजै म्यागङ गाउँपालिकाको देउराली प्राथमिक स्वास्थ केन्द्रमा १ थान इसिजि मेसिन , तादि गाउँपालिका साबिक सुन्दरादेबि र शिबपुरि गाउँपालिकामा एक ÷एक थान अक्सिजन कन्सन्ट्रेटर, बिदुर नगरपालिकाको वडा न ३ खड्गभन्ज्याङ स्वास्थ चौकिमा ३ थान बेड , विदुर नगरपालिका वडा नं १२ चारघरे स्वास्थ्य चौकिमा २ थान बेड र १ थान अक्सिजन कन्सन्ट्रेटर,माक्स , पिपिई लगायत स्वास्थ सामाग्रीहरु वितरण गरिएको ट्रस्टका प्रमुख संरक्षक अर्जुननरसिंह केसीले जानकारी दिए ।

Advertisement

स्वास्थ्य सामाग्री वितरण कार्यक्रममा बोल्दै ट्रस्टका प्रमुख संरक्षक तथा पुर्व मन्त्रि समेत रहेका अर्जुननरसिंह केसीले सामाजिक कामलाई राजनितिसँग जोड्न नहुने बताए । उनले मानव जगतमा परेको यो महामारीमा सवैलाई सवैले सकेको सहयोग गर्नुपर्ने बताए ।

उनले कोभिड १९ महामारीमा जिल्लावासीलाई अक्सिजनको अभाव हुन नदिन व्यवस्थापनको गर्न आफुलाई अग्रणी मोर्चामा उभ्याएको ट्रस्टले जिल्लाको विभिन्न स्वास्थ्य संस्थामा स्वास्थ्य सामाग्री वितरण गरेको बताए ।

Advertisement

ट्रस्टले आगामी दिनमा पनि जिल्लाको विभिन्न स्वास्थ्य संस्था लगायतलाई आवश्यकताको आधारमा स्वास्थ्य सामाग्री वितरण गर्ने यसोदादेबि भगवान सिङके सी मेमोरियल ट्रस्टका महासचिब जगदिश्वरनरसिंह केसीले जानकारी दिए ।

प्रतिक्रिया