ब्राजिलमा २४ घन्टामा कोभिड १९ बाट ५९५ जनाको मृत्यु
साओ पाओलो । कोभिड १९ बाट सबैभन्दा बढी प्रभावित भएका देशहरुको अग्रस्थानमा रहेको ब्राजिलमा २४ घन्टामा कोभिड १९ बाट कम्तीमा पनि ५९५ जनाको मृत्यु भएको छ ।
यहाँको स्वास्थ्य मन्त्रालयले सो कुराको जानकारी दिएको छ । प्राप्त समाचारअनुसार ब्राजिलमा आइतबार त्यसको २४ घन्टा अघिदेखि गरेर ५९५ जनाको ज्यान गएको हो ।
यसका यहाँ यो संक्रमणबाट ज्यान गुमाउने नागरिकको संख्या ५ लाख ३३ हजार ५८८ जना पुगेको छ । त्यसैगरी यहाँ कोभिडबाट संक्रमित हुनेको संख्या पनि गएको २४ घन्टामा करिब २१ हजार जना रहेको छ ।
यो समेत गरी ब्राजिलमा कोभिडबाट संक्रमित हुने नागरिकको संख्या १ करोड ९० लाख भन्दा बढी रहेको पनि ब्राजिलको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।
ब्राजिलमा दुई महिना अघि कोभिडका संक्रमितहरु घटेको भए पनि अहिले अर्थात् पछिल्ला केही महिनामा भने यो संख्या बढ्दै गएको देखिएको छ ।
यहाँको सरकारले कोरोना भाइरसका विरुद्धको खोपलाई प्राथमिकतामा राखेर नागरिकहरुलाई खोप दिने कामलाई देशव्यापी अभियानका रुपमा सञ्चालन गरेको छ । ब्राजिलको साओ पाओलो शहर यहाँ सबैभन्दा बढी संक्रमणमा परेको शहर हो ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया