ककनीमा पहिरोले घर बगायो, ओखरपौवामा सडक अवरुद्ध
विदुर खबर
२०७५ साउन २१ गते ९:२०
नुवाकोट÷नुवाकोटको ककनी गाउँपालिका वडा नं ४ ढुङ्गेपौवामा अबिरल बर्षाको कारण पहिरो जाँदा एक घर बगाएको छ ।
पहिरोले कृष्ण लामाको घर बगाएको जिल्ला प्रहरी कार्यलय नुवाकोटले जनाएको छ । पहिरोले कुर्नैपनि मानबिय तथा चौपाय क्षति नभएको नुवाकोट प्रहरीले जनाएको छ ।
यसैबिच अविर वर्षाको कारण ककनी गाउँपालिकाको ओखरपौवामा सडक अवरुद्ध भएको छ । निरन्तर पानी परिरहेको र पहिरोआई बाटो बगाउँदा सडक अवरुद्ध भएको नुवाकोट प्रहरीले बताएको छ । अवरुद्ध भएको सडक खुलाउने काम भइरहेको जिल्ला प्रहरी कार्यलय नुवाकोटले जनाएको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया