नुवाकोटमा झण्डै ५ हजार कोरोना संक्रमित निको भएर घर फर्किए

विदुर खबर २०७८ असार २२ गते २०:५४

नुवाकोट । नुवाकोटमा झण्डै ५ हजार कोरोना संक्रमित कोरोनामुत्त भएर घर फर्किएका छन् ।

Advertisement

स्वास्थ्य कार्यालय नुवाकोटका अनुसार पछिल्लो २४ घण्टामा जिल्लामा ६६ जना कोरोना संक्रमित निको भएर घर फर्किएसँगै जिल्लामा कोरोनामुत्त भएर घर फर्कनेको संख्या ४ हजार ९ सय ५२ पुगेको हो ।

यस्तै पछिल्लो २४ घण्टामा जिल्लामा ७९ जना कोरोना संक्रमित थपिएका छन् । यससँगै जिल्लामा कोरोना संक्रमितको संख्या ५ हजार ६ सय ७५ पुगेको छ । यससँगै जिल्लामा सक्रिय कोरोना संक्रमितको संख्या ६ सय ८७ पुगेको कार्यालयका सुचना अधिकारी उत्तमराज खनालले जानकारी दिए ।

Advertisement

सक्रिय कोरोना संक्रमितमध्ये ६ सय ४३ जना होम आइसोलेसनमा, २५ जना अस्पतालमा र १९ जना आइसोलेसन सेन्टरमा उपचाररत रहेको स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ ।

आज भेटिएका संक्रमितमध्ये सबैभन्दा बढी विदुर नगरपालिकाका २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै ककनी गाउँपालिकामा २२ जना संक्रमित थपिएका छन् । त्यस्तै तारकेश्वर गाउँपालिकामा १२ जना संक्रमित थपिएका हुन् ।

Advertisement

त्यस्तै लिखु गाउँपालिकामा ९ जना, बेलकोटगढी नगरपालिकामा ५ जना, म्यागङ गाउँपालिकामा ४ जना, किस्पाङ र सुर्यगढी गाउँपालिकामा समान २÷२ जना कोरोना संक्रमित थपिएको कार्यालयका सुचना अधिकारी खनालले बताए ।

पछिल्लो २४ घण्टामा जिल्लामा एकजना कोरोना संक्रमितको ज्यान गएको छ । ज्यान गुमाउनेमा सुर्यगढी गाउँपालिका वडा नमबर ५ का ८० वर्षिया बृद्धा रहेको कार्यालयले जानकारी दिएको छ ।

नुवाकोटमा हालसम्म २० हजार ६ सय ६२ जनाको पिसिआर परिक्षण गरिएको स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ ।

प्रतिक्रिया