माथिल्लो साञ्जेन विद्युत् आयोजना यसै वर्ष सम्पन्न गर्ने लक्ष्य

रसुवा । निर्माणाधीन माथिल्लो साञ्जेन विद्युत् आयोजनाको छिट्टै उपकरण जडान हुने भएको छ ।
सिम्बु गाउँमा रहेको सो आयोजनाको भौतिक निर्माण सम्पन्न भई विद्युत उत्पादन गर्ने उपकरण जडान शुरुआत हुन लागेको हो ।
अहिले अधिकांश उपकरण आयोजनास्थलमा आइसकेको र कोभिड–१९ समस्याले उपकरण जडान ढिलो भएको आयोजना प्रमुख सुदनसिंह महतले जानकारी दिए । उनले भने “विसं २०७८ भित्र विद्युत उत्पादन गर्ने लक्ष्य रहेको छ । अब छिट्टै उपकरण जडान शुरुआत हुन्छ । ”
उपकरण जडानका लागि चिनियाँ प्राबिधिक टोली आउन लागेका जनाइएको छ । हाल चीनले बाह्य हवाई उड्डयन रोकेकाले उनीहरु आउन ढिलाई भएको आयोजनाले जनाएको छ । चौध दशमलव आठ मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य रहेको सो आयोजनाको प्रायःजसो संरचना निर्माण पूरा भएको छ ।
तिलोचे खोलामा १४ मिटर लामो बाँध ,एक हजार तीन सय ८० मिटर लामो हेडरेस सुरूङ , तीन सय ४५ मिटरको पेनस्टक पाइप सुरूङ एवं पाइपलाई कंक्रिट समेतका निर्माण सम्पन्न भएको आयोजना प्रमुख महतले जानकारी दिए ।
प्रतिसेकेण्ड ११ दशमलव सात धनमिटर पानी विद्युत गृहमा पठाइने र तीन फ्रान्सिस नामको टरवाइन राखिने बताइएको छ । दुई वर्ष भित्र सम्पन्न गर्ने लक्ष्यका साथ सन् २०१३ देखि निर्माण शुरूआत भएको थियो ।
बाढी पहिरो , पेट्रोलियम पर्दाथको अभाव , भूकम्प र कोरोना सङ्क्रमणको जोखिम जस्ता बिबिध कारणले सो आयोजनाको निर्माण ढिलाइ भएको जनाइएको छ ।
आयोजनाको लागत भने रू दुई अर्ब दुई करोड रहेतापनि पुनराबलोकन गर्दा २० प्रतिशतले उत्पादन लागत बढ्ने आयोजना प्रमुख महतले बताए ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया