नुवाकोटमा स्थानीय तहको बजेट १३ अर्ब ६ करोड
आगामी आर्थिक वर्ष ०७८/७९ का लागि जिल्लाको १२ वटै स्थानीय तहले नीति कार्यक्रम तथा बजेट पेस गरेका छन् ।
जिल्लाका सबै स्थानीय तहमा गरी १३ अर्ब ५ करोड ९६ लाखको बजेट प्रस्तुत भएको छ । सबैभन्दा बढी विदुर नगरपालिकाको एक अर्ब ३८ करोड बजेट पेस भएको छ ।
त्यस्तै बेलकोटगढी नगरपालिकाको १ अर्ब १२ करोड करोडको बजेट पेस भएको छ । शिवपुरी गाउँपालिकाले ५० करोड २६ लाख, ककनीले ५० करोड २२ लाख, दुप्चेश्वरले ४४ करोड २४ लाख, पञ्चकन्याले ४२ करोड ६८ लाख, किस्पाङले ४३ करोड ९७ लाखको बजेट तथा कार्यक्रम सभामा पेस गरेका छन् ।
तारकेश्वर गाउँपालिकाले ५० करोड २२ लाख, सूर्यगढीले ४२ करोड ४८ लाख, लिखुले ३९ करोड ९८ लाख, तादीले ४३ करोड ७० लाख र सबैभन्दा कम म्यागङ गाउँपालिकाको बजेट ३७ करोड ४५ लाख गाउँसभामा पेस भएको छ ।
सबै स्थानीय तहले चालू वर्षको तुलनामा आगामी आर्थिक वर्षका लागि बजेटको आकार वृद्धि गरेका छन् । सभामा पेस भएको नीति तथा कार्यक्रम र बजेटमा सबै पालिकाले कोरोनाविरुद्ध प्राथमिकता दिएर कार्यक्रम राखेका छन् ।
पूर्वाधार विकास कृषि क्षेत्र सडक लगायतमा धेरै बजेट विनियोजन भएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया