नुवाकोटमा कोरोना संक्रमितको संख्या साढे ५ हजार पुग्यो

विदुर खबर २०७८ असार १७ गते ९:२९

नुवाकोट । नुवाकोटमा कोरोना संक्रमितको संख्या झण्डै साढे ५ हजार पुगेको छ ।

Advertisement

स्वास्थ्य कार्यालय नुवाकोटका अनुसार पछिल्लो २४ घण्टामा जिल्लामा ३८ जना कोरोना संक्रमित थपिएसँगै जिल्लामा कोरोना संक्रमितको संख्या ५ हजार ४ सय २४ पुगेको हो ।

पद्धिल्लो २४ घण्टामा जिल्लामा ४७ जनाको पिसिआर र २२ जनाको एन्टीजेन परिक्षण गर्दा ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

Advertisement

यससँगै जिल्लामा सक्रिय कोरोना संक्रमितको संख्या ७ सय ४६ पुगेको कार्यालयका सुचना अधिकारी उत्तमराज खनालले जानकारी दिए । सक्रिय कोरोना संक्रमितमध्ये ६ सय ७४ जना होम आइसोलेसनमा, ३५ जना आइसोलेसन सेन्टरमा र ३९ जना अस्पतालमा उपचाररत रहेका छन् ।

यस्तै पछिल्लो २४ घण्टामा जिल्लामा ३८ जना नै कोरोना संक्रमित थपिएका छन् । यससँगै जिल्लामा कोरोनामुत्त भएर घर फर्कनेको संख्या ४ हजार ६ सय ४३ पुगेको छ ।

Advertisement

पछिल्लो २४ घण्टामा जिल्लाको विदुर नगरपालिकामा १८ जना कोरोना संक्रमित थपिएका छन् भने ककनी गाउँपालिकामा ६ जना संक्रमित थपिएका छन् ।

यस्तै बेलकोटगढी नगरपालिका, सुर्यगढी गाउँपालिका, लिखु गाउँपालिका, पन्चकन्या र तादी गाउँपालिकामा सामान २÷२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

त्यस्तै शिवपुरी गाउँपालिका, किस्पाङ गाउँपालिका, म्यागङ गाउँपालिका र तारकेश्वर गाउँपालिकामा सामान एक÷एक जनामा कोरोना संक्रमण पुष्टि भएको कार्यालयका सुचना अधिकारी खनाललले जानकारी दिए ।

जिल्लामा हालसम्म कोरोना संक्रमणबाट ३५ जनाको ज्यान गएको छ ।

नुवाकोटमा हादसम्म २० हजार एकसय ६८ जनाको पिसिआर परिक्षण गरिएको स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ ।

प्रतिक्रिया