नुवाकोटमा प्रधानमन्त्रीको पुत्ला जलाइयो
नुवाकोट । नुवाकोटमा बुधवार प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गरिएको छ ।
विपक्षी गठबन्धनका विद्यार्थी संगठनले बट्टारमा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गरेका हुन् ।
नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमालेको माधवकुमार नेपाल समूह, जनता समाजवादी पार्टीको उपेन्द्र यादव समूह र राष्ट्रिय जनमोर्चाका विद्यार्थी संगठनले प्रदर्शन र पुत्ला दहन गरेका हुन् ।
प्रधानमन्त्रि ओलीले राजनीतिभन्दा व्यक्तिगत स्वार्थमा देश सिध्याउने खेलमा लागि परेकोले आन्दोलनमा उत्रनु परेको अखिल क्रान्तिकारीका संयोजक बिनोद कोइरालाले बताए ।
यस्तै प्रधानमन्त्री ओलीका कारण देशको विकास र राजनिति १० वर्ष पर धकेलिएको नेपाल विद्यार्थी संघ नुवाकोटका जिल्ल्ला सचिब संकर पाण्डेले बताए ।
पुत्ला दहनअघि विपक्षी गठबन्धनका विद्यार्थीहरुले प्रधानमन्त्रि ओलीको राजीनामाको काग गरेका थिए ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया