नुवाकोटमा थप ४० जनामा कोरोना संक्रमण पुष्टि

विदुर खबर २०७८ असार १६ गते ९:०९

नुवाकोट । नुवाकोटमा थप ४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

Advertisement

स्वास्थ्य कार्यालय नुवाकोटका अनुसार पछिल्लो २४ घण्टामा ८३ जनाको पिसिआर परिक्षण गर्दा ४० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

कार्यालयका सुचना अधिकारी उत्तमराज खनालका अनुसार यससँगै जिल्लामा कोरोना संक्रमितको संख्या ५ हजार ३ सय ८६ पुगेको छ ।

Advertisement

पछिल्लो २४ घण्टामा विदुर नगरपालिकामा २१ जना कोरोना संक्रमित थपिएका छन भने तारकेश्वर गाउँपालिकामा ११ जना, बेलकोटगढी नगरपालिकाका ४ जना संक्रमित थपिएका छन् ।

त्यस्तै लिखु गाउँपालिका,दुप्चेश्वर गाउँपालिका, किस्पाङ गाउँपालिका, म्यागङ गाउँपालिकामा सामान एक÷एक जना कोरोना संक्रमित थपिएका छन् ।

Advertisement

यससँगै जिल्लामा सक्रिय कोरोना संक्रमितको संख्या ७ सय ४६ पुगेको छ । पछिल्लो २४ घण्टामा जिल्लामा ८६ जना कोरोना संक्रमित कोरोनामुत्त भएर घर फर्किउका छन् ।

यससँगै जिल्लामा कोरोनामुत्त भएर घर फर्कनेको संख्या ४ हजार ६ सय ५ पुगेको छ ।

पछिल्लो २४ घण्टामा जिल्लाामा कोरोना संक्रमणबाट एक जनाको मृत्यु भएको छ । यससँगै जिल्लामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३५ पुगेको छ ।

नुवाकोटमा हालसम्म २० हजार ९९ जनाको पिसिआर परिक्षण गरिएको स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ ।

प्रतिक्रिया