राप्रपा नुवाकोटद्वारा दुई स्वास्थ्य चौकीमा अक्सिजन कन्सन्ट्रेटर प्रदान
नुवाकोट । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नुवाकोटले नुवाकोटका दुई स्वास्थ्य चौकीमा अक्सिजन कन्सन्ट्रेटर प्रदान गरेको छ ।
मंगलबार राप्रपाका अध्यक्ष पूर्वमन्त्री डा. प्रकाशचन्द्र लोहनीको पहलमा उपलब्ध अक्सिजन कन्सन्ट्रेटर लिखु गाउँपालिकाको थानसिङ स्वास्थ केन्द्र र चौघडा स्वास्थ्य चौकीलाई हस्तान्तरण गरिएको छ ।
कोभिड-१९ महामारीविरुद्ध अग्रणी भागमा खटेका स्वास्थ्यकर्मीहरुको कार्य उल्लेखनीय रहेको र अहिलेको विषम परिस्थितिमा बिरामीको उपचारमा सहयोग पुर्याउने उद्देश्यसहित राप्रपा नुवाकोटले उक्त उपकरण र केहि थान मास्क हस्तान्तरण गरिएको राप्रपाका कार्यसम्पादन समिति सदस्य जनकराज पाठकले बताए ।
कार्यसम्पादन समिति सदस्य दिपककुमार राइले राप्रपा सदैव जनताको दु:खमा साथ दिदै आइरहेको र यो माहामारिमा पनि राप्रपाले जनताको घरघरमा पुगेर सकेको सहयोग गरिरहेको बताए ।
अक्सिजन कन्सन्ट्रेटरले विद्युत आपूर्ति नहुँदा २४ घण्टा सेवा प्रदान गर्नेछ । यस मेसिनको सहयोगले अक्सिजन उत्पादन गरी हाल कोभिड बिरामीहरुको उपचारमा सहज हुने जनाएको छ ।
यसअघि राप्रपाले जिल्ला अस्पताल त्रिशूली र क्षेत्रीय अस्पताल खरानीटारलाई एक/एक थान अक्सिजन कन्सन्ट्रेटर उपलब्ध गराएको थियो ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया