नुवाकोटमा सक्रिय कोरोना संक्रमितको संख्या ८ सय २४ पुग्यो

विदुर खबर २०७८ असार १४ गते ७:२६

नुवाकोट । नुवाकोटमा कोरोनाका सक्रिय संक्रमितको संख्या ८ सय २४ पुगेको छ ।

Advertisement

स्वास्थ्य कार्यालय नुवाकोटका अनुसार पछिल्लो २४ घण्टामा जिल्लामा ९२ जना कोरोना संक्रमित निको भएर घर फर्किएसँगै जिल्लामा सक्रिय कोरोना संक्रमितको संख्या घट्दै गएको हो ।

कार्यालयका सुचना अधिकारी उत्तमराज खनालका अनुसार पछिल्लो २४ घण्टामा जिल्लामा ५९ जना कोरोना संक्रमित थपिएका छन् । कुल एकसय १० जनाको पिसिआर परिक्षण गर्दा ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

Advertisement

यससँगै जिल्लामा कोरोना संक्रमितको संख्या ५ हजार ३ सय पुगेको छ । त्यस्तै पछिल्लो २४ घण्टामा जिल्लामा ९२ जना कोरोना संक्रमित निको भएर घर फर्किएसँगै जिल्लामा कोरोनामुत्त भएर घर फर्कनेको संख्या ४ हजार ४ सय ४२ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ३० पुरुष र २९ महिलामा कोरोना संक्रमण पुष्टि भएको छ । सबैभन्दा बढी शिवपुरी गाउँपालिकामा १९ जना थपिएका छन् भने तारकेश्वर गाउँपालिकामा १७ जना संक्रमित भेटिएका छन् । यस्तै विदुर नगरपालिकामा ११ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ ।

Advertisement

यस्तै लिखु गाउँपालिकामा ८ जना, किस्पाङ गाउँपालिकामा २ जना सुर्यगढी र म्यागङ गाउँपालिकामा समान एक÷एक जनाम कोरोना संक्रमण पुष्टि भएको कार्यालयका सुचना अधिकारी खनालले जानकारी दिए ।

नुवाकोटमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३४ पुगेको स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ ।

जिल्लामा हालसम्म १९ हजार ९ सय २० जनाको पिसिआर परिक्षण गरिएको छ ।

प्रतिक्रिया