रसुवामा सक्रिय कोरोना संक्रमितको संख्या १ सय ३ पुग्यो
विदुर खबर
२०७८ असार १३ गते १९:१९
रसुवा । रसुवामा सक्रिय कोरोना संक्रमितको संख्या १ सय ३ पुगेको छ ।
शनिबार ७ जना संक्रमित थपिसँगै सक्रिय कोरोना संक्रमितको संख्या १ सय ३ पुगेको हो । कोरोनाको दोस्रो लहर सुरु भएसँगै जिल्लामा पनि कोरोना संक्रमित बढेका हुन् ।
स्वास्थ्य कार्यालय रसुवाका अनुसार गोसाइँकुण्डमा १३, कालिकामा ७८ र उत्तरगयामा १२ जना रहेका छन् । संक्रमितहरूमध्ये ११ जना संस्थागत र ९२ जना होम आइसोलेसनमा बसेका छन् ।
रसुवामा हालसम्म १ हजार ४ जनामा कोरोना पुष्टि भएको थियो । जसमा ९ सय जना निको भएका छन् ।
जिल्लामा हालसम्म ३ हजार ५ सय ७२ वटा स्वाव संकलन गरिएकोमा २ हजार ५ सय ६८ नेगेटिभ र १ हजार ४ पोजेटिभ आएको थियो ।
Advertisement
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया