नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ हजार नाघ्याे
विदुर खबर
२०७८ असार १३ गते १९:१५
नुवाकोट । पछिल्लो २४ घण्टामा थप १९२० जनामा कोरोना भाइरस संक्रमित भेटिएका छन् ।
याे समयमा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या ३००७ रहेको छ । संक्रमणका कारण ३४ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार ६ हजारमा गरिएको पीसीआर परीक्षणमा १३५३ र ३८३६ जनामा गरिएको एन्टिजेन परीक्षणमा ५६७ जना गरी १९२० जनामा संक्रमण पुष्टि भएको हो ।
संक्रमितमध्ये काठमाडौं जिल्लामा २९२, ललितपुरमा १०० र भक्तपुरमा ३२ जना रहेका छन् ।
नेपालमा हालसम्म ६ लाख ६५ हजार ७७७ जनामा कोरोना भाइरस संक्रमण भएकामा ५ लाख ८४ हजार ३३४ जना संक्रमणमुक्त भएका छन् भने ९००९ जनाको मृत्यु भएको छ ।
Advertisement
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया