रसुवाका पाँच स्थानीय तहमा डेढ अर्ब बराबरको बजेट आउँदै

रसुवा ।विगतदेखि सुरु भएका कार्यक्रमलाई निरन्तरता दिँदै रसुवाका स्थानीय तहले आगामी आर्थिक वर्ष ०७८÷७९ को बजेट ल्याउने भएका छन् । जिल्लाका पाँच स्थानीय तहको डेढ अर्बबराबरको बजेट तयार भएको छ ।
स्थानीय सरकारले १० असारभित्र बजेट ल्याइसक्नुपर्ने प्रावधान छ । सोहीअनुसार रसुवाका स्थानीय तहले तोकिएको समयमै बजेट ल्याउने तयारी गरेका हुन् । जिल्लाका पाँच स्थानीय तहमा एक अर्ब ४८ करोडबराबरको बजेट आउने भएको हो । असार १० मा बजेट ल्याउन स्थानीय तहले सोअनुसारको प्रक्रियागत तयारी पूरा गरेको जनाएका छन् । समितिको बैठक बस्ने, योजना निर्माण गर्नेलगायतका कामलाई तीव्रता दिइरहेका छन् ।
बिहीबार जिल्लाका पाँचवटै स्थानीय तहले गाउँसभामार्फत बजेट प्रस्तुत गर्ने तयारी गरेका छन् । गाउँपालिकाहरूले बजेटमा पूर्वाधार, स्वास्थ्य, शिक्षा, कृषि, पशु, पर्यटनलाई मुख्य प्राथमिकता दिएको बताएका छन् । विगतका वर्षहरूमा अधुरा रहेका योजनालाई यो वर्ष सम्पन्न गर्ने गरी बजेट विनियोजन गर्ने जिल्लाका सबै गाउँपालिकाको तयारी छ ।
जिल्लाको उत्तरगया गाउँपालिकाले १७ करोडबराबरको बजेट ल्याउने तयारी गरिरहेको गाउँपालिकाका अध्यक्ष उपेन्द्र लम्सालले बताए । बजेटमा पूर्वाधार निर्माण, स्वास्थ्य, कृषि, पशु, शिक्षालाई प्रमुख प्राथमिकता दिन लागिएको बताए । नौकुण्ड गाउँपालिकामा करिब ३६ करोडबराबरको बजेट ल्याउने तयारी गरिरहेको गाउँपालिकाका अध्यक्ष नुर्पुसाङ्बो घलेले बताए । बजेटमा मुख्य गरी पूर्वाधार निर्माण, शिक्षा, स्वास्थ्य, कृषि, पशुलगायतलाई प्राथमिकता दिने तयारी गरिरहेको बताए ।
गत वर्षका कामहरू केही अधुरै रहेको छ, यो वर्ष अधुरो रहेका सबै सम्पन्न गर्ने गरी बजेट ल्याउन लागेका छौँ, अधुरा रहेका कामहरू पहिला पूरा गर्नुप¥यो अनि नयाँ कार्यक्रमहरू पनि ल्याउँछौँ,’ उनले भने, ‘कोभिडलगायतको स्वास्थ्य उपचारका लागि स्वास्थ्यकर्मी करारमा लिनेलगायतको कार्यक्रम नयाँ छ ।’
त्यसैगरी, जिल्लाको आमाछोदिङ्मो गाउँपालिकाले ३० करोडबराबरको बजेट ल्याउने तयारी गरिरहेको गाउँपालिकाका अध्यक्ष बुचुङ तामाङले बताए । बजेटमा पूर्वाधार निर्माण, स्वास्थ्य, शिक्षा, पर्यटन, कृषि र पशुपालनमा प्रमुख प्राथमिकता राखिएकोसमेत उनले बताए ।
त्यसैगरी, जिल्लाको कालिका गाउँपालिकाले ३४ करोडबराबरको बजेट ल्याउने तयारी गरिरहेको गाउँपालिकाका उपाध्यक्ष भवानीप्रसाद न्यौपानेले बताए । बजेटमा शिक्षा, स्वास्थ्य, कृषि र पशुलाई प्रमुख प्राथमिकता राखिएको उनले बताए ।
त्यसैगरी, जिल्लाको गोसाइँकुण्ड गाउँपालिकाले करिब ३१ करोडबराबरको बजेट ल्याउने तयारी गरिरहेको गाउँपालिकाका अध्यक्ष कैसाङनुर्पु तामाङले बताए । बजेटमा शिक्षा, स्वास्थ्य, कृषिलाई प्राथमिकता दिइएको उनले बताए । आगामी आर्थिक वर्षका लागि नयाँ कार्यक्रमअन्तर्गत गाउँपालिकाभित्र उत्पादित कृषि उपजलाई बजारीकरणका कार्यक्रम थप गरिएको बताइएको छ ।
संघ र प्रदेशबाट प्राप्त हुने अनुदान, राजस्व बाँडफाँड र आफ्नो आयलाई जोडेर स्थानीय तहले बजेट बनाउँछन् । संघीय सरकारले स्थानीय तहका लागि ससर्त, विशेष, राजस्व बाँडफाँड र समानीकरण गरी चार प्रकारका अनुदान दिने गर्छ । यस्तै, प्रदेश सरकारले राजस्व बाँडफाँड, प्राकृतिक स्रोत बाँडफाँड, कर अधिकार र अन्य गरेर बजेट दिने गरेको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया