कांग्रेस महामन्त्रीमा डा.प्रकाशशरण महतले उम्मेदवारी दिने
नुवाकोट । नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा नेतृत्वको प्रतिस्पर्धा संगै विभिन्न पदका आकांक्षीहरूले आ-आफ्नो उम्मेदवारी प्रस्तुत गर्ने क्रम शुरु भएको छ ।
सभापति पछिको मुख्य चासोको रूपमा हेरिएको महामन्त्रीमा संस्थापन पक्षबाट सह – महामन्त्री डा. प्रकाशशरण महतले उम्मेदवारी दिने भएका छन ।
विधार्थी काल देखि नै नेपाल विद्यार्थी संघबाट राजनितिक यात्रा प्रारम्भ गरेका महत पार्टी भित्र जुझारु नेताका स्थापित छन । अर्थ र परराष्ट्र मामिलाका जानकार डा . महत लामो समय देखी पार्टीको केन्द्रीय नेतृत्वमा सक्रिय छन ।
दुई पटक परराष्ट्र मन्त्री र उर्जा मन्त्री समेत रहिसकेका डा.महत सह – महामन्त्रीको जिम्मेवारी संगै पार्टीद्वारा गठित कोभिड अनुगनम समितिका संयोजक हुन । पार्टीको तर्फबाट कोभिड संक्रमणको अनुगमनमा डा.महतले प्रभावकारी काम गरेका छन् ।
पार्टी संगठन विस्तार र भातृसंस्था तथा पेशागत संस्थाहरुको महाधिवेशनमा महत्वपूर्ण भूमिका खेलेका डा.महत पार्टी भित्र लोकप्रिय र कार्यकर्ताको भावना नजिकबाट बुझने नेता मध्यमा पर्दछन् ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया