सेयर बजारमा बाउन्स ब्याक, नेप्से ७९.४३ अंकले बढ्यो
नुवाकोट । नेपाल धितोपत्र बोर्डको विज्ञप्तिका कारण लगातार ओरालो लागेको नेप्से परिसूचक मंगलबारको कारोबारमा बाउन्स ब्याक गरेको छ । लगातार घटिरहेको नेप्से परिसूचक मंगलबार ७९.४३ अंकले बढेर २९१३.८४ विन्दुमा पुगेको छ ।
यो दिन १ करोड ९७ लाख ७० हजार ६३८ कित्ता सेयर १० अर्ब २८ करोड ६२ लाख ६९ हजार ९५७ रुपैयाँमा कारोबार भएको छ । आज २०१ वटा कम्पनीको सेयर मूल्य बढ्दा १५ वटा कम्पनीको सेयर मूल्य घटेको छ । त्यसैगरी ९ वटा कम्पनीको सेयर मूल्य स्थिर छ ।
यो दिन सव इन्डेक्सतर्फ विकास बैंक र फाइनान्स ५.७७ प्रतिशतले बढेको छ भने जलविद्युतको सव इन्डेक्स ५.४७, होटल तथा पर्यटन ३.२८ प्रतिशत, लगानी उपसमूह ४.२६ प्रतिशतले वृद्धि भएको छ ।
यो दिनको कारोबारमा जानकी फाइनान्स, वरुण हाइड्रोपावर, एचआइडीसीएल, नगाडी ग्रुप पावर र पञ्चकन्या माइ हाइड्रोपावर कम्पनीको सेयर मूल्य १० प्रतिशतले सकारात्मक सर्किट लागेको छ ।त्यसैगरी गुमाउने शीर्ष कम्पनीमा एसबीएल डिबेञ्चर, एनआइसी एसिया डिबेञ्चर, गोर्खाज फाइनान्स, कुमारी इक्विटी फन्ड र लक्ष्मी इक्विटी फन्ड छन् ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया