रसुवामा कोरोना संक्रमितको संख्या ९ सय ७१ पुग्यो
विदुर खबर
२०७८ असार ८ गते १६:०२
रसुवा । रसुवामा सक्रिय कोरोना संक्रमितको संख्या २ सय ८ पुगेको छ ।
सोमबार १९ जना संक्रमित थपिसँगै सक्रिय कोरोना संक्रमितको संख्या २ सय ८ पुगेको हो । कोरोनाको दोस्रो लहर सुरु भएसँगै जिल्लामा पनि कोरोना संक्रमित बढेका हुन् ।
स्वास्थ्य कार्यालय रसुवाका अनुसार गोसाइँकुण्डमा ११, कालिकामा १ सय ५१, उत्तरगयामा ४५ र आमाछोदिङ्मोमा १ जना रहेका छन् । संक्रमितहरूमध्ये १४ जना संस्थागत र १ सय ९४ जना होम आइसोलेसनमा बसेका छन् ।
रसुवामा हालसम्म ९ सय ७१ जनामा कोरोना पुष्टि भएको थियो । जसमा ७ सय ६२ जना निको भएका छन् ।
जिल्लामा हालसम्म ३ हजार ४ सय ९२ वटा स्वाव संकलन गरिएकोमा २ हजार ५ सय २१ नेगेटिभ र ९ सय ७१ पोजेटिभ आएको थियो ।
Advertisement
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया