विदुर नगरपालिकाका थप १९ जनामा कोरोना संक्रमण पुष्टि
विदुर खबर
२०७८ असार ७ गते २२:०६
नुवाकोट । नुवाकोटको विदुर नगरँपालिकामा थप १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य कार्यालय नुवाकोटका अनुसार पछिल्लो २४ घण्टामा नगरपालिकामा थप १९ जना कोरोना संक्रमित थपिएका छनु् ।
यससँगै विदुर नगरपालिकामा कोरोना संक्रमितको संख्या एकहजार ८ सय ३५ पुगेको छ । नगरपालिकामा रहेका संक्रमितमध्ये ११ सय ७६ पुरुष र ६ सय ५९ जना महिला रहेका छन् ।
यस्तै गाउँपालिकामा २ सय ५६ जना सक्रिय कोरोना संक्रमित रहेका बताइएको छ । उनीहरु सबै होम आइसोलेसनमा उपचाररत रहेको स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ ।
विदुर नगरपालिकामा हालसम्म २ हजार ९ सय ८१ जनाको पिसिआर परिक्षण गरिएको स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ ।
Advertisement
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया