नुवाकोटको त्रिशुली अस्पतालमा मृगौलाको निशुल्क डाइलेसिस हुने
नुवाकोट । नुवाकोटको त्रिशुली अस्पतालमा अब मृगौलाको निशुलक डाइलेसिस हुने भएको छ ।
बागमती प्रदेशमा सरकारले त्रिशुली अस्पतालमा निःशुल्क डायलिसिस उपचार सेवा शुभारम्भ गर्ने भएको छ । बागमती प्रदेशका अर्थमन्त्री कैलाशप्रसाद ढुंगेलले मंगबालर प्रदेशसभामा बजेट प्रस्तुत गर्दै नुवाकोटको त्रिशुली अस्पतालमा निःशुल्क डायलिसिस सेवा सञ्चालनका लागि आवश्यक बजेटको व्यवस्था गरेको जानकारी दिएका हुन् ।
नुवाकोटमा रहेका मिर्गौला पीडितका लागि सरकारको यस घोषणाले महत्वपूर्ण सहयोग पुग्नेछ । गत निर्वाचनमा नेकपा एमालेका उम्मेदवारले जनताको बीचमा मत माग्न जाँदा नुवाकोटमै मिर्गौलाको डायलिसिसको उपचार सुरू गराउने प्रतिवद्धता व्यक्त गरेका थिए ।
त्रिशुली अस्पतालमा नुवाकोट, धादिङ र रसुवाका नागरिकले उपचार गराउने गरेका छन ।
के हो डायलिसिस ?
जब दुवै मिर्गौला (किडनी) ले काम गरिरहेका छैनन्, त्यस अवस्थामा कृत्रिम तरिकाले किडनीको काम गर्ने विधिलाई डायलिसिस भनिन्छ।
डायलिसिस एक प्रक्रिया हो जुन कृत्रिम रूपमा फोहोर उत्पादन र शरीरमा संकलन गरिएको बढी पानी मिल्छ जुन किडनी विफलताको कारण हो। डायलिसिस पूर्ण किडनी असफलता वा अन्तिम चरणको किडनी रोग वा तीव्र मिर्गौलामा चोट लागेका बिरामीका लागि जीवन रक्षा गर्ने प्राविधिक उपचार हो।
जब मिर्गाैलाको दक्षता ८० देखि ९० प्रतिशतले घट्छ, यो अवस्था अन्तिम चरणको मिर्गौला रोग हो। डायलिसिस किडनीको कार्यका लागि एक प्रभावी विकल्प हो।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया