असार १ गतेदेखि स्थानीय प्रशासनसँग समन्वय गरी बैंकहरुले सबै शाखा खोल्न पाउने
नुवाकोट । असार १ गतेदेखि बैक तथा वित्तीय संस्थाले स्थानीय प्रशासनसँग समन्वय गरी आवश्यकता अनुसारको शाखा कार्यालय खोल्न पाउने भएका छन्।
केन्द्रिय बैंकले सोमबार एक सूचना जारी गर्दै बैशाख १९ गते र जेठ १० गते जारी गरिएको सूचना खारेज गरेको छ ।
यसअघि बैंकहरुले केन्द्रिय कार्यलय बाहेक उपत्यकामा ५ वटा शाखा वटा र उपत्यका बाहिर स्थानीय प्रशासनको निर्देशन अनुसार शाखा सञ्चालन गर्नु पर्ने व्यवस्था थियो।
अब बैंक तथा वित्तीय संस्थाले ग्राहाको चाप अनुसार न्युनतम कर्मचारी राखेर स्वास्थ्य मापदण्ड पुरा गरी शाखा सन्चालन गर्न पाउने भएका छन्। व्यवसायिक निरन्तरता दिँदै सकेसम्म प्रविधिको प्रयोग गर्दै भर्चुअल कार्यसम्पादन र वर्क फर्म होमलाई जोड दिनु पर्ने केन्द्रीय बैंकले जनाएको छ।
सञ्चालन हुने र बन्द हुने शाखाको जानकारी बैंक तथा वित्तीय संस्थाले आफ्नो वेव साइट, शाखा कार्यलयको मुल ढोका तथा सामाजिक सञ्जालमा समेत राख्नु पर्ने छ ।
विद्युतीय बैंकिङ कारोबारलाई प्रोत्साहन गर्दै कारोबार गर्नु समेत केन्द्रीय बैंकले आग्रह गरेका छ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया