युरोकप फुटबलमा बेल्जियमको विजयी सुरुवात
विदुर खबर
२०७८ जेठ ३० गते ७:५३
नुवाकोट । युरोकप फुटबलमा बेल्जियमले विजयी सुरुवात गरेको छ ।
गएराति भएको समूह चरणको पहिलो खेलमा बेल्जियमले रुसलाई ३–० गोल अन्तरले पराजित गर्यो । पहिलो हाफमा २–० को अग्रता लिएको बेल्जियमले दोस्रो हाफमा थप एक गोल गर्यो । बेल्जियमका लागि रोमेलु लुकाकुले दुई गोल गरे भने थोमस मुनिएरले एक गोल गरे ।
खेलको दशौँ मिनेटमा लुकाकुले गोल गर्दै बेल्जियमलाई अग्रता दिलाए । त्यसपछि खेलको ३४ औं मिनेटमा मुनिएरले गोल गर्दै अग्रता दोब्बर पारे । त्यसैगरी खेलको ८८ औं मिनेटमा लुकाकुले फेरि गोल गरे ।
जितसँगै समूह ‘बी’मा रहेको बेल्जियमले ३ अङ्क जोडेको छ । यो समूहमा रहेको फिनल्याण्डको पनि ३ अङ्क नै रहेको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया