गण्डकीका मुख्यमन्त्री पोखरेलसँगै ४ मन्त्रीले लिए सपथ
विदुर खबर
२०७८ जेठ ३० गते ६:४४
नुवाकोट । गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री र मन्त्रीले शनिबार शपथ लिएका छन् ।
नेपाली कांग्रेसबाट मुख्यमन्त्री बनेका कृष्णचन्द्र नेपाली पोखरेलसहित पाँच जनाले प्रदेश प्रमुख सीताकुमारी पौडेलसमक्ष शपथ लिएका हुन् ।
नवनियुक्त मन्त्रीमा कांग्रेसका कुमार खड्का, माओवादीकी मधुमाया अधिकारी, जनता समाजवादी पार्टीका हरिशरण आचार्य र स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङे) ले मन्त्रीको शपथ लिएका हुन् ।
उनीहरुले बिना विभागीय मन्त्रीको रुपमा शपथ लिएका हुन् ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया