सिर्खालिमा अवैध रुपमा भइरहेको खोला दोहन वडाध्यक्ष रिमालले बन्द गराए
नुवाकोट । नुवाकोटको विदुर नगरपालिका वडा नम्बर ३ सिर्खालिमा अवैध रुपमा भइरहेको नदी दोहन वडाध्यक्ष सहित स्थानियबासीले रोकेका छन् ।
आईतवार वडाध्यक्ष बद्री रिमालसहितका वडाका जनप्रतिनिधि र स्थानियबासीहरुले अवैध रुपमा भइरहेको नदी दोहन बन्द गरेका हुन् ।
सडक आयोजनाको नाममा खोला दोहन गर्ने रामवावु जीसिको गौरी पार्वती महालक्ष्मी नार्गाजुन जोइन्ट भेन्चरले सिर्खालीमा एक महिनाअघिदेखि खोला दोहन गरिरहेको थियो । तर आईतवार वडाध्यक्ष रिमाल सहितको टोलीले आफुहरुलाई ुिर्व जानकारी विना खोला दोहन गरेको भन्दै अवैध दोहन बन्द गरेका हुन् ।
वडाध्यक्ष रिमालले सिर्खाली नयाँपुल आसपासको बगरको नदिजन्य वस्तु उत्खनन भएको बिषयमा आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताए । उनले वडा कार्यालय र वडाका जनप्रतीनीधीहरुसँग कुनै सर सल्लाह नभएको र वडाको सिफारिस बिना नदिजन्य वस्त उत्खनन गर्न ठेक्का पाएको भनिएको कम्पनीले वडामा जानाकारी समेत नगराई आफखसी मनोमानी ढङ्गले वडाबासीहरुलाई असर पर्ने गरि उत्खनन गरेकोले वडाका स्थानियको रोहवरमा अवैध दोहन बन्द गराएको बताए ।
अवैध खोला दोहन बन्द गर्न वडाध्यक्ष रिमालले आफनै ब्यक्तीगत खर्चबाट बन्द गराएका हुन् । उनले विदुर नगरपालिका वडा नम्बर ३ नं. वडाबाट संञ्चालन हुने कुनैपनी गतिबिधी वडाबासीको हितबेगर आफले नगर्ने र गर्न समेत नदिने समेत बताएका छन् ।
यसअघि अवैध रुपमा खोला दोहन गरेको भन्दै जिल्ला प्रहरी कार्यालय नुवाकोटले गत वैशाख १० गते यही खोलाबाट एउटा स्काभेटरमा ताला लगाएर कारवाहीको लागि विदुर नगरपालिकामा पत्र पठाएको थियो ।
सिर्खालीको नयाँ पुलमा अवैध रुपमा वालुवा उत्खनन गर्न विदुर नगरपालिकाले यहि जेठ १० गते सुरज थापाको नाममा पत्र काटेको थियो । अवैध रुपमा खोला दोहनमा विदुर नगरपालिकाले सघाएको भन्दै स्थानियवासीले सामाजिक संजाल फेसबुकमा तिव्र आलोचना गरिरहेका छन् ।
तर ठेकेदार कम्पनीलाई विदुर नगरपालिकाले ग्राभेल र ढुङ्गा ढुवानीका लागि अनुमति दिएपनि तस्करहरुले खोलामा डोजर हाले। ढुङ्गा, गिट्टी र वालुवा अवैध रुपमा उत्खनन गरिरहेका छन् ।
यस्तो छ वडाध्यक्ष रिमालले जारी गरेको विज्ञप्ती ।
आदरणीय सम्पुर्ण वडाबासी दाजुभाई तथा दिदीबहिनीहरु
बिदुर नगरपालीका ३ नं. वडा।
बिषय ; स्पष्ट पारिएको सम्बन्धमा
उपरोक्त सम्बन्धमा यस बिदुर न.पा.३ नं वडा सिर्खाली नयाँपुल आसपासको त्रिशुली नदी बगरको नदिजन्य वस्तु उत्खनन सम्बन्धमा बिभिन्न सामाजिक सञ्जाल तथा केही बिद्युतीय सञ्चार माध्यममा आएको बिषयमा मेरो गम्भीर ध्यानाकर्षण भएको जानाकारी गराउन चाहन्छु ।
जुनरुपमा नदिजन्य वस्तु उत्खननको बिषय बाहिर आएको छ, त्यस बिषयमा बिदर नगरपालीका ३ नं. वडा कार्यालय र यस वडाका जनप्रतीनीधीहरुको त्यसमा कुनै किसिमको संलग्नता नरहेको र उक्त बिषयमा बिदुर नगरपालीकाबाट हामी ३ नं. वडाका जनप्रतीनीधीहरुसँग कुनै सर सल्लाह नभएको र वडाको सिफारिस बिना नदिजन्य वस्त उत्खनन गर्न ठेक्का पाएको भनिएको कम्पनीले वडामा जानाकारी समेत नगराई आफखसी मनोमानी ढङ्गले वडाबासीहरुलाई असर पर्ने गरि उत्खनन गरेको पाईएकोले उक्त कार्य नगर्न नगराउन वडाबासी दाजुभाइ तथा दिदीबहिनीहरुको रोहवरमा बन्द गराई उत्खनन गर्नको लागी बनाइएको बाटो म बिदुर नगरपालीका ३ नं. वडा अध्यक्ष बद्रि प्रसाद रिमालको ब्यक्तीगत खर्चबाट बन्द गराएको छ ।
साथै उक्त नदिजन्य वस्त उत्खनन कार्यको बिरोध गर्दै सम्बन्धीत निकायलाई जानाकारी गराएको छ । मेरो कार्यालय बिदर नगरपालीका ३ नं. वडाबाट संञ्चालन हुने कुनैपनी गतिबिधी वडाबासीको हितबेगर आफले नगर्ने र गर्न समेत नदिने ब्यहोरा स्पष्ट पार्न चाहन्छ।
बंद्रि प्रसाद रिमाल
वडा अध्यक्ष
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया