नुवाकोटमा आज ९९ जना कोरोनामुत्त भएर घर फर्किए
नुवाकोट । नुवाकोटमा आज ९९ जना कोरोना संक्रमित कोरोनामुत्त भएर घर फर्किएका छन् ।
स्वास्थ्य कार्यालय नुवाकोटका अनुसार पछिल्लो २४ घण्टामा जिल्लाका ९९ जना कोरोनामुत्त भएर घर फर्किएका हुन् । यससँगै नुवाकोटमा कोरोनामुत्त भएर घर फर्कनेको संख्या २ हजार ७ सय ४२ पुगेको छ ।
यस्तै जिल्लामा सक्रिय कोरोना संक्रमितको संख्या ९ सय ५१ पुगेको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा जिल्लामा ९१ जना कोरोना संक्रमित थपिएका छन् । यससँगै नुवाकोटमा कोरोना संक्रमितको संख्या ३ हजार ७ सय १९ पुगेको छ ।
पछिल्लो २४ घण्टामा थपिएका संक्रमितमध्ये ३२ जना तारकेश्वर गाउँपालिकाका, १४ जना ककनी गाउँपालिकाका , १२ जना दुप्चेश्वर गाउँपालिकाका र १० जना तादी गाउँपालिकाका रहेका छन् ।
यस्तै शिवप्री गाउँपालिकाका ९ जना, म्यागङ गाउँपालिकाका ९ जना, लिखु गाउँपालिकाका ४ जना, बेलकोटगढी नगरपालिका र किस्पाङ गाउँपालिकामा समान एक÷एक जना संक्रमित थपिएका छन् ।
हालसम्म नुवाकोटमा १५ हजार ६ सय २३ जनाको पिसिआर परिक्षण गरिएको स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया