एकैदिन १ हजार ५०० रुपैयाँले घट्यो सुनको भाउ
विदुर खबर
२०७८ जेठ २१ गते ११:३९
![](https://www.bidurkhabar.com/wp-content/uploads/2021/05/goldsilver_yyhWDXDJZS.jpg)
नुवाकोट । सुनकाे भाउ एकैदिन १ हजार ५०० रुपैयाँले घटेको छ भने चाँदीको पनि तोलामा ३५ रुपैयाँले गिरावट आएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासँघका अनुसार शुक्रबार छापावाला सुन प्रतितोला ९३ हजार ४०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ९२ हजार ८०० रुपैयाँमा खरिद बिक्री भइरहेको छ।
अघिल्लो दिन छापावाला सुन प्रतितोला ९४ हजार ९०० र तेजाबी सुन प्रतितोला ९४ हजार ४०० रुपैयाँमा खरिद बिक्री भएको थियो।
यस्तै चाँदी पनि तोलामा ३५ रुपैयाँले घटेर प्रतितोला १ हजार ३४० रुपैयाँमा खरिद बिक्री भइरहेको छ। अघिल्लो दिन चाँदी प्रतितोला १ हजार ३७५ रुपैयाँमा खरिद बिक्री भएको थियो।
Advertisement
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया